+
+
Shares

तिहारका लागि ‘पाला’ बनाउने चटारो (फोटोफिचर)

भरतबन्धु थापा भरतबन्धु थापा
२०७३ कात्तिक ८ गते १६:३५

pala-111

८ कात्तिक, भक्तपुर । हिन्दु नेपालीहरुको दोस्रो ठूलो चाड तिहार नजिकिँदै छ । तिहारमा दीपावली गरिने भएकोले यो खासगरी उज्यालोको चाड हो । दीपावलीमा माटोको पालाहरुको खपत निकै हुन्छ ।

भक्तपुर तालाक्वका विनोद प्रजापतिको परिवारलाई यतिबेला माटोको पाला बनाउन भ्याइनभ्याई छ । विगत वर्षमा काठमाडौं उपत्यका र वरिपरिका जिल्लाबाट पालाको माग आउने गरे पनि यस वर्ष अन्य जिल्लाबाट पनि पालाको माग आएकोले रातदिन व्यस्तता बढेको प्रजापतिले सुनाए । उनको परिवार एक महिनादेखि नै पाला बनाउन व्यस्त छ । अन्य समयमा भने उनीहरु खुत्रुके र माटोका विभिन्न प्रकारका भाँडा बनाउने गर्छन् ।

paala-6

प्रजापतिका अनुसार, तिहारमा प्रयोग गरिने सात थरिका पाला छन् । सबैभन्दा सानो पालाको मूल्य एक रुपैयाँ ५० पैसा पर्ने उनले बताए । बजारमा यही पालाको माग बढी हुन्छ । त्यसपछि आकार अनुसार क्रमश:, ,, १०, १५ र २० रुपैयाँको पाला पाइन्छ ।

paala-8

पाला बनाउन माटोको अभाव नै ठूलो समस्या रहेको प्रजापतिले बताए । माटो लिनका लागि अहिले निकै टाढासम्म जानुपर्ने बाध्यता छ । यही समस्या रहिरहेमा एक दिन यो पेशाबाटै पलायन हुनुपर्ने अवस्था आउन बेर छैन‘, उनले भने ।

paala-1

यस क्षेत्रमा माटोको भाँडा बनाउने धेरै परिवार रहेकोले अघिल्ला वर्षहरुमा भाँडा सुकाउन र पोल्न समेत पालो कुर्नुपर्ने अवस्था थियो । तर, गत वर्ष बैशाख १२ को भूकम्पपछि यस क्षेत्रबाट केही परिवार विस्थापित भएकोलेपहिलेको जस्तो समस्या छैन ।

paala-2

paala-4

paala-3

paala-12

लेखक
भरतबन्धु थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?