Comments Add Comment

अस्थायी शिक्षकलाई स्थायी गर्न माग

Teacher

८ कात्तिक, काठमाडौँ । शिक्षा मन्त्रालय र अस्थायी शिक्षक सङ्घर्ष समितिले समितिको मागका विषयमा छलफल गर्न वार्तामा बस्नुपर्नेमा जोड दिएका छन् ।

आज काठमाडौँमा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले शिक्षकलाई आफ्नो आन्दोलनका कार्यक्रम फिर्ता लिई वार्तामा बस्न आग्रह गर्दै यही कुरा आफूले मन्त्रीकहाँ पुर्याइदिने बताए ।

समितिका अध्यक्ष नीरेन्द्रकुमार कुँवरले सरकारले आन्दोलनलाई समयमै टुङ्गोमा पु¥याउन सरकारलाई वार्ताका लागि पहल गर्न आग्रह गरे । उनले झन्डै २० हजारभन्दा बढी शिक्षकमा ६० वर्ष उमेरका एक हजार ५०० रहेको जानकारी दिँदै अस्थायी शिक्षकलाई स्थायी गर्नुपर्ने र स्थायी हुन नसकेका शिक्षकलाई औषधोपचार र निवृत्तिभरण उपलब्ध गराउन पनि माग गरे ।

नेकपा एमालेका नेता प्रकाश ज्वालाले शिक्षामा दुईखालको मापदण्ड रहेकाले त्यसलाई सच्याउनुपर्ने बताउँदै अस्थायी शिक्षक भर्ना गर्ने अनि तिनको जिन्दगीलाई बेवारिस बनाउने सरकारको नीति ठीक नभएको विचार व्यक्त गरे ।

नेपाली काँग्रेसका नेता भीमसेनदास प्रधानले अस्थायी शिक्षकका विषय आफूले संसदमा लाने प्रतिबद्धता व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment