Comments Add Comment

नेपाल टेलिकमको नयाँ एक्सचेन्ज रुपन्देहीमा

ram-karki-telecom१० कात्तिक, काठमाडौं । देशकै अग्रणी दूरसञ्चार प्रदायक ककम्पनी नेपाल टेलिकमले रुपन्देहीको नहरपुरमा नयाँ एक्सचेन्ज सञ्चालनमा ल्याएको छ । बुधबार आयोजित एक कार्यक्रम गर्दै टेलिकमले नयाँ नयाँ एक्सचेन्जको सुरु गरेको हो ।

एक्सचेन्जको उद्घाटनसूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्की (राम कार्की) ले गरेका हुन् । मन्त्री कार्कीले मूख्य सचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गर्दै एक्चेनजको उद्घाटन गरेको टेलिकमले जनाएको छ ।

कार्यक्रमा टेलिकमका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले कम्पनीले आफ्ना भइरहेका सेवालाई गुणस्तरीय बनाउन आफू लागिपरेको बताइन् । अहिले सञ्चालमा रहेको थ्री जी सेवालाई प्रत्येक क्षेत्रमा पुर्‍याउने र फोरजी सेवा छिट्टै नै सञ्चालनमा ल्याउन तयारी गरिरहेको उनले बताइन् ।

नयाँ सञ्चालनमा आएको एक्सचेन्ज ९६ लाइन क्षमताको रहेको छ । यस मध्ये ६४ लाइन टेलिफोन र ३२ पोर्ट एडीएसएल डाटा क्षमता रहेको छ । अब सो क्षेत्रका ग्राहकहरु पनि टेलिफोन तथा इन्टरनेट सेवाबाट लाभान्वित हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment