२० दिनमा चलचित्र ‘पञ्चायत’को छायांकन सकिएको छ । एक गीत तिहारपछि मात्र खिचिने छ । बाँकी दृश्य सबै खिचिएको निर्देशक शिवम् अधिकारीले जानकारी दिएका छन् ।
आफूहरुले दिनरात नभनी निरन्तर १८ देखि २४ घण्टासम्म काम गरेको अधिकारीले बताए । निर्धारित मितिमा चलचित्रको काम सक्नका लागि सबै टिमका सबैले मिहिनेत गरेको चलचित्रका कार्यकारी निर्माता रवि अधिकारीले जानकारी दिएका छन् ।
बाग्लुङ सहित पश्चिमाञ्चलका विभिन्न ग्रामिण परिवेशमा खिचिएको यो चलचित्रले ५० बर्ष पुरानो कथा बोकेको छ । चलचित्रमा सरोज खनाल र नीता ढुङगाना मुख्य भुमिकामा छन् । साथमा रुपा राना, बिशाल पहाडि गिता अधिकारी, किरण थापा, जाहन्वी बस्नेत, गणेश गिरी, राजुबाबु श्रेष्ठ लाई पनि चलचित्रमा देख्न सकिन्छ ।
चलचित्रमा नायिका निता ढुङ्गानाको न्यूड दृश्य खिचिएको भन्ने चर्चा चलेपनि निर्माणपक्षले केही बोलेको छैन । सुशान्त श्रेष्ठ र शंकर सुवेदीको लगानीमा छायांकन सकिएको चलचित्रमा रामेश्वर कार्कीको छायांकन छ ।
प्रतिक्रिया 4