११ कात्तिक, काठमाडौं । फ्रान्स सरकारले नेपालका ट्रेकिङ व्यवसायी आङ नोर्बु शेर्पालाई सर्वोच्च नागरिक पदवीबाट सम्मानित गरेको छ ।
गोरखा भूकम्पको बेला आफ्ना नागरिकको जीवन रक्षाको लागि खेलेको भूमिकाको सराहना गर्दै फ्रान्स सरकारले शेर्पालार्इ सम्मान गरेको हो ।
फ्रान्सका राष्ट्रपतिको तर्फबाट राजदूत यिभ कारामोनाले शेर्पालाई काठमाडौँमा भएको एक कार्यक्रममा नाइट अफ लिजन अफ अनर विभूषण प्रदान गरेका थिए । शेर्पा एड्भेञ्चर ६००० कम्पनीका कार्यकारी निर्देशक हुन् ।
राजदूत कारामोनाले भने, ‘तपाईँले आफ्नो परवाह नगरी हाम्रा दाजुभाइ दिदीबहिनीको जीवन रक्षा गर्नुभयो । लगातार परकम्प गइरहँदा पनि तपाईँले हेलिकप्टर चार्टरै गरेर फ्रान्सेली नागरिकहरूको खोज र उद्धार गर्नुभयो र यसका लागि हामी आभारी छौँ ।’
शेर्पाले भने फ्रान्ससँगको सम्बन्ध आफ्ना लागि महत्वपूर्ण भएको बताए । फ्रान्सेली सरकारलाई यो सम्मानको लागि धन्यवाद दिन चाहन्छु, उनले भने ।
प्रतिक्रिया 4