११ कात्तिक, काठमाडौं । मानव वेचविखन तथा ओसारपसार एवं ठगी मुद्दामा संलग्न मोस्टवान्टेड एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पाँचथरको आङस्राङ-३ घर भएका ३९ वर्षीय छत्रबहादुर विश्वकर्मा छन् ।

उनलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले बुधबार ललितपुरको बागडोलबाट पक्राउ गरी आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी परीसर काठमाडौंमा पठाइएको छ ।
भारतको दिल्लीस्थित द्वारकामोडमा समेत अस्थायी बसोबास रहेका उनले बिभिन्न महिलाहरुलाई भारतको दिल्ली हुँदै कुवेत, ओमान, कुर्दिस्तान लगायतका मुलुकहरुमा लैजाने भन्दै बेचबिखन गरेका थिए । उनी विगत १५ वर्ष अघिदेखि मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको पाइएको छ ।
दिल्लीलाई नै केन्द्र बनाई नेपाल, ओमन, कुवेत, कुर्दिस्तान लगायतका मुलुकसम्म प्रत्यक्ष सञ्जाल विस्तार गरी संगठित रुपमा मानव वेचविखन तथा ओसारपसारमा संलग्न रहेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
उनले बाग्लुङको बोबाङ-३ का बिरबहादुर अदै समेतका ४ जना व्यक्तिहरुबाट क्यानडा पठाईदिन्छु भनि ६० लाखभन्दा बढी रकम लिई भारतको दिल्लीसम्म पुर्याएर अलपत्र परेका थिए ।
यसैगरी लमजुङको बेसिशहर नगरपालिका- १३ काराजन घिमिरे र उदयपुर पन्थावली-९ का नारायणप्रसाद अधिकारीलाई दुबईमा सेक्युरिटी गार्डमा काम लगाइदिन्छु भनि ७ लाख रुपैयाँ लिई दुबईमा अलपत्र पारी ठगि गरेको तथा नुवाकोट विदुर नगरपालिका- ५ का प्रेमबहादुर राईलाई सिसेल पठाइदिन्छु भनि १० लाख रुपैयाँ ठगी गरेको समेत अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ ।
नेपाली नागरिकता लिने भारतीय नागरिक पक्राउ
यसैबीच नेपाली नागरिकता लिएको आरोपमा एक भारतीय नागरिकलाई समेत अपराध महाशाखाले पक्राउ गरेको छ । भारतको गुजराज भजलापुर घर भएका श्यामललाई सरावगीलाई प्रहरीले पक्राउ गरेको हो ।
उनले काठमाडौं महानगरपालिका-२७ इन्द्रचोकको ठेगानामा नेपाली नागरिकता लिएको पाइएको छ ।
प्रतिक्रिया 4