Comments Add Comment

फेसबुकमा सेल्फी हेर्नेको कम हुन्छ आत्मसम्मान र सन्तुष्टि

Young people taking a selfie while eating pizzaयदि तपाइँले फेसबुक लगायतका सोसल साइटमा आफु तथा अरुले अपलोड गरिरहने असंख्य सेल्फीहरुबाट आफ्नो आँखा हटाउन गाह्रो परिरहेको छ भने होसियार हुनुहोस् ।

शोधकर्ताहरुका अनुसार जब मानिसमा आत्मसम्मान तथा जिवनप्रतिको सन्तुष्टिको मात्रा घट्दै जान्छ तब उनीहरुले फेसबुकमा आफ्ना तथा अरुका सेल्फी बढि हेर्न थाल्दछन् ।

अमेरिकाको पेन्सिल्भेनिया विश्वविद्यालयका शोधकर्ता रोक्जु वांग भन्छन्ः  धेरै अनुसन्धानहरु ऋहिलेसम्म सामाजिक संजाल प्रयोगकर्ताहरुलाई सोसल साइटमा विभिन्न सामाग्रीहरु पोष्ट गर्ने र लाइक गर्नका लागि के ले उत्प्रेरित गरेको हुन्छ भन्ने विषयमा हुने गरेका थिए तर अहिले हामीले मानिसहरुको सोसल मिडियाका सामाग्री हेर्ने आनीबानीका विषयमा अध्ययन सुरु गरेका छौँ ।

सोसल मिडियामा आफुले कुनै सामाग्री पोष्ट नगर्ने र अरुका सामाग्रीहरुमा लाइक तथा कमेन्ट पनि नगर्ने तर सोसल साइटमा अरुले पोष्ट गर्ने सामाग्रीहरु हेर्न रुचाउने बानीलाई लर्किंग भन्ने गरिन्छ ।

सामान्य रुपमा सोसल साइटमा आफु सक्रिय नहुने र अरुका सामाग्री मात्र हेर्ने प्रकारको सहभागिताले मानिसहरु आफुलाई कसरी हेर्छन् भन्ने कुरामा नगन्य प्रभाव पार्ने अनुमान गर्ने गरिन्छ । तर अनुसन्धानले भने नतिजा यसको ठीक उल्टो हुने र फेसबुकमा अरुका सेल्फीहरु हेर्ने आनीबानीको ठूलो मनोवैज्ञानिक अर्थ रहने देखाएको छ ।

ज्र्नल अफ टेलिम्याटिक्स एण्ड इन्फम्र्याटिक्समा छापिएको शोधका क्रममा शोधकर्ताहरुले सोसल साइटमा सेल्फी र विल्फीहरु प्ाोष्ट गर्ने तथा हेर्ने कुराको मनोवैज्ञानिक प्रभाव आँकलन गर्न अनलाइन सर्भे गरेका थिए ।

त्यसबाट शोधकर्ताहरुले के पत्ता लगाए भने फेसबुक जस्ता सोसल साइटहरुमा पोष्ट भएका सेल्फीहरु बारम्बार हेरिरहने मानिसको आनीबानी उसको आत्मसम्मान तथा जिवन सन्तुष्टिको स्खलनसँग सम्बन्धित हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment