+
+
Shares

सार्वजनिक जग्गा हडप्नेलाई कारवाहीः मन्त्री पाण्डे

 राजेन्द्र आचार्य राजेन्द्र आचार्य
२०७३ कात्तिक १३ गते १०:२९

१३ कात्तिक, चितवन । भूमि सुधार व्यवस्था मन्त्री विक्रम पाण्डेले भूमाफियालाई रोक्न सरकारले नयाँ ऐन घोषण गर्ने बताएका छन् ।  देशैभर अवैध प्लटिङ्ग गर्नेहरु र भूमाफिया बढेका भन्दै मनत्री पाण्डेले ऐनले उनीहरुलाई रोक्ने बताए ।

bikaram-pandey1चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री पाण्डे सरकारले सार्वजनिक जग्गा एकिकरण गर्न परिपत्र गरिसकेको बताए । उनले भने, ‘अब कसैले पनि सार्वजनिक जग्गा हडपेको छ, भने तत्कालै छोड्दा हुन्छ, नत्र सरकारले कार्वाही गर्छ ।’

मन्त्री पाण्डे चितवनको बादरजुलाका स्थानीयहरुलाइ एकैठाउँमा स्थानान्तरण गर्ने बताए ।

सुकुम्वासीहरुको समस्या समाधान गर्न आफू लागि परेको भन्दै छिटै यो समस्या समाधान हुने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?