+
+

लोकमानसँगै अन्य भ्रष्टाचारीहरुलाई पनि कारबाही हुनुपर्छः डा. भट्टराई

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १४ गते १५:०६

baburam_bhattarai_at_hongko

हङकङ । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले लोकमानसँगै राजनीतिक दल र अन्य क्षेत्रका भ्रष्टाचारीहरुलाई पनि कारवाही हुनुपर्ने बताएका छन् ।

आइतबार बिहान हङकङमा आयोजित अन्तर्क्रियामा बोल्दै संयोजक भट्टराईले अख्तियारले अनुसन्धानको दायरामा राखेका नेताहरुबिरुद्धको भ्रष्टाचार मुद्दा पनि अगाडि बढाइनुपर्ने बताए । उनले भने, ‘एउटा चोर देखाएर हजार चोर उम्कन मिल्दैन ।’

उनले थपे, ‘लोकमानलाई पनि म ठीक भन्दिनँ, यसबारेमा सार्वभौम संसदले प्रक्रिया अगाडि बढाइसकेको छ । तर अख्तियारले अगाडि बढाएको भ्रष्टाचारको मुद्दाको पनि छिनोफानो हुनुपर्छ ।

संयोजक भट्टराईले अख्तियारजस्तो उच्च संवैधानिक निकायमा दलहरुले भाग लगाएको प्रतिनिधि पठाउन नहुने धारणा राखे । उनले नेपालको राजनीति भ्रष्टाचारको अखडा बनेको भन्दै समाधान नगरी मुलुकको समृद्धि हुन नसक्ने दावी गरे ।

dr-bhattarai-hongkong

‘चुहिएको भाँडोमा पानी हालेर भाँडो नभरिएजस्तै देश धनी भएर मात्र जनता धनी हुँदैनन्,’ उनले भने, ‘राजनीति भ्रष्टाचारको अखडा भयो, व्यवसायमा असफल भएर राजनीतिमा लाग्नेहरु बढे, कुनै लगानी र जोखिमबिना चाकरी गरेर रातारात नेता बन्ने र चप्पल लगाएर राजनीतिमा छिरेका मान्छे रातारात अर्बपति बन्ने अवस्था सिर्जना भयो ।’

उनले राजनीतिलाई जनताको सेवा गर्ने संस्था बनाउनुपर्ने भन्दै नयाँ शक्तिले पार्टीभित्रको भ्रष्टाचार रोक्न स्वतन्त्र अनुशासन आयोग र अधिकारसम्पन्न लोकपाल बनाउन लागेको बताए ।

पूर्व प्रधानमन्त्रीसमेत रहेकासंयोजक भट्टराईले दुई ठूला छिमेकीसँग झुकेर र भुकेर भन्दा सन्तुलित सम्बन्ध बनाएर लाभ लिन सकिने धारणा राखे । ‘हामी झुक्ने पनि होइन, भुक्ने पनि होइन, ‘उनले भने, ‘हाम्रो पुर्खाले तोपको विरुद्ध खुकुरी नचाएर बचाएको देशको स्वाधीनता बचाउन सक्नुपर्छ ।’

‘चीनले सडक विस्तार गर्नुका पछाडि बजार बिस्तार गर्ने स्वार्थ होला, ‘उनले भने, ‘तर हामीले पनि यसबाट फाइदा लिनसक्छौं । यी दुई विशाल बजारलाई जोडेर, यहाँका ठूला लगानीकर्ता भित्र्याउन सके नेपालले पनि हङकङले जस्तै विकास गर्न सक्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?