+
+
Shares

प्रचण्ड सरकार बनेपछि देश ठप्प भयोः ओली

'फसेको गियर निकाल्छौं र अगाडि बढाउँछौं'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १४ गते १६:०६

KP Sharma Oli, UML Chairman 1

१४ कात्तिक, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले सरकार छाडेपछि देश नै ठप्प भएको बताएका छन् । माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री बनेपछि गुडिरहेको बस रोकिएर ठप्प भएजस्तै देशको सबै काम ठप्प भएको ओलीले बताए ।

एमाले मध्यपुर नगर समन्वय कमिटीले आइतबार बालकुमारीमा आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा ओलीले भने, ‘अहिले गियर फस्यो, तपाईंहरु ढुक्क हुनुहोस्, त्यो फसेको गियर अब छिट्टै निकाल्छौं र अगाडि बढाउँछौं, त्यसपछि रोकिएका सबै काम फेरि सुरु हुनेछन् ।’

आफ्नो नेतृत्वको सरकारले घोषणा गरेका विकासका कार्यक्रम काम फेरि सुरु हुने ओलीको भनाइ छ । युवाले देशलाई समृद्ध बनाउन सक्छौं भन्ने आत्मविश्वासका साथ अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

नेपालको एकता, राष्ट्रियता र अखण्डतालाई कसैले तलमाथि गर्न नसक्ने बताउँदै ओलीले अझै पनि नेपालमा जातजाति र भाषाभाषीलाई उचालेर द्वन्द्व सिर्जना गराउने तत्व सक्रिय रहेकाले त्यसतर्फ सबै सचेत हुनुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?