Comments Add Comment

५१ बर्षमा साहरुख, सामान्य परिवारबाट कसरी बने विश्वकै धनी कलाकार ?

srk-birthday-cake
सुपरस्टार नायक साहरुख खान आजबाट ५१ बर्षमा प्रवेश गरेका छन् । सन् १९६५ नोभेम्बर २ तारिखमा साहरुख दिल्लीमा जन्मिएका थिए ।
सामान्य परिवारमा जन्मिएका साहरुख टेलिभिजन हुँदै बलिउडमा प्रवेश गरेका थिए । उनलाई बलिउडले नाम, दाम र चर्चा सबै दिलाएको छ ।

साहरुख आज विश्वकै सर्वाधिक लोकपि्रय नायक बनेका छन् । विश्वकै दोश्रो धनी कलाकार समेत रहेका साहरुखसँग ६ सय करोड डलर सम्पत्ती छ ।

दिल्लीबाट मुम्बई आउँदा १५ सय रुपैयाँ बोकेर आएका साहरुखले कैयौ रात सडकमा पनि बिताएका छन् । तर, उनलाई पहिलो चलचित्र ‘दिवाना’को सफलताले नै स्टार बनाइदियो । साहरुखको वास्तविक नाम ‘अब्दुल रहमान’ हो ।

७० बढी चलचित्रमा अभिनय गरेका साहरुखको ट्विटरमा २ करोड भन्दा बढी फलोअर्स छन् । विश्वका अधिकांश देशमा उनका फ्यान छन् ।
साहरुख खानले अभिनय गरेका २० भन्दा बढी चलचित्र ब्लकवस्टर बनेका छन् । साहरुखलाई ‘वादशाह, किङ, किङ अफ रोमान्स, किङ खान, एसआरके’ लगायतका उपनामले पनि चिनिन्छ ।

भारत सरकारबाट सन् २००५ मा साहरुखले ‘पद्मश्री’ अवार्ड पाएका थिए । उनले विश्वका थुप्रै देशबाट पनि उच्च सम्मान पाएका छन् साहरुखलाई यूनेस्कोले सबै भन्दा धेरै च्यारेटी गर्ने भारतीयको रुपमा सम्मान पनि गरेको छ । टेलिभिजन सिरियल ‘फौजी’बाट कलाकारिता सुरु गरेका साहरुखले सुरुवातमा बलिउडमा नेगेटिभ क्यारेक्टर गरेका थिए । ‘बाजिगर, डर, अन्जाम’मा पागल प्रेमीको रुपमा देखा परे ।

यी चलचित्रलाई पनि दर्शकले खुबै रुचाएका थिए । तर, उनलाई सन् १९९५ मा रिलिज भएको लभ स्टोरी चलचित्र ‘दिलवाले दुल्हनिया ले जायंगे’ले रोमान्टिक हिरोको रुपमा चिनायो ।

यो चलचित्र २१ बर्षदेखि मुम्बइको मराठा मन्दिरमा चलिरहेको छ । साहरुखले ६ बर्ष लामो प्रेम सम्बन्धपछि सन् १९९१ मा गौरी खानसँग बिहे गरेका थिए । साहरुख र गौरीका आर्यन, सुहाना र अव्राहम गरि ३ सन्तान छन् ।

साहरुखको जन्मदिनको अवसर पारेर मंगलबार रातीबाट नै उनका फ्यान मन्नत पुगेका छन् । उनीहरुले रातभर साहरुखलाई जन्मदिनको शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment