+
+
Shares

पुनर्निर्माण प्राधिकरणका सिईओ ज्ञवाली दिल्ली प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक १७ गते १६:५६

Sushil-Gewali

१७ कात्तिक, काठमाडौं । विपद् जोखिम न्यूनीकरणसँग सम्बन्धि एसीयाका देशहरुको सम्मेलनमा भाग लिन राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिईओ) सुशील ज्ञवाली बुधबार भारतको राजधानी नयाँदिल्ली प्रस्थान गरेका छन् ।

सम्मेलनमा प्राधिकरणमा प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापना सम्बन्धी नेपालले लिएको दिशा र त्यसको कार्यान्वयन अवस्थाबारे प्रस्तुति दिने कार्यक्रम छ ।

सम्मेलन आगामी शनिबारसम्म चल्नेछ । सम्मेलनमा सहभागी हुने देशका प्रतिनिधिहरुले विपद् जोखिम न्यूनीकरण गर्न भए गरेका विषयमा कार्यपत्रहरु प्रस्तुत गर्नेछन् । विपद् जोखिम न्यूनीकरण सम्बन्धी विभिन्न विषयहरुमा गरिने प्रस्तुति र अवधारणामा छलफल भएपछि घोषणापत्र जारी हुनेछ ।

ज्ञवालीले विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरुसँग द्विपक्षीय भेटवार्ता गर्ने र आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?