Comments Add Comment

मोदीका ‘डु ट्यांक’ काठमाडौंमा, संविधानबारे के भने ?

ram-madhav

१७ कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी ओर्लिएको केही घन्टापछि राम माधव काठमाडौं आइपुगे । र, उनले भने- म ‘थिंक ट्यांक’ हैन, ‘डु ट्यांक’ हुँ !

भारतीय जनता पार्टीका महासचिव राम माधवलाई मोदी सरकारको पर्दा पछाडिका असली खेलाडी मानिन्छ । सञ्चार माध्यमहरुमा कमै आउन रुचाउने उनी आफूलाई ‘थिंक ट्यांक’ नभई ‘डु ट्यांक’ भनेर चिनाउन रुचाउँछन् ।

काठमाडौं आएलगतै उनी एक पाँचचारे होटलमा आयोजित नेपाल-भारत सम्वन्धबारे दुई दिने सम्मेलनमा पुगे । प्रधानमन्त्री प्रचण्डले उद्घाटन गरेको सम्मेलनमा आयोजक इण्डिया फाउन्डेसनको निर्देशकको हैसियतमा उनले सम्बोधन गरे ।

भारतका तत्कालीन प्रधानमन्त्री वाजपेयीले नेपाल-भारत सम्वन्ध हिमालयभन्दा अग्लो र हिन्द महासागरभन्दा गहिरो रहेको भन्दै उनले सानोतिनो आँधीले केही असर नगर्ने बताए । दुई देशको सम्वन्धलाई अझ उचाइमा पुर्‍याउनुपर्ने भन्दै उनले भने, जसमा दुबै देशको हितको रक्षा हुन्छ ।’

राम माधवले संविधान बनाउने प्रक्रिया सहज नभएको भन्दै भारतमा सबै खुसी र सन्तुष्ट हुने संविधान बनाउन तीन वर्ष लागेको बताए । झण्डै ७ दशक पास गर्दा भारतले संसारको सबैभन्दा ठूलो र सफल लोकतन्त्र छ भन्न सकेको भन्दै उनले भने, हामीलाई खुसी हुन्छ कि हाम्रो छिमेकी नेपाल पनि त्यही बाटोमा हिँड्ने प्रयास गरिरहेको छ ।’

उनले अघि भनेे, यो प्रक्रियाको पहिलो लजिकल इण्ड हुन्छ, जसलाई संविधान बनाउनु मानिन्छ । यो प्रक्रियालाई सफलताका साथ छिट्टै पुरा गर्नुस् । र, लोकतान्त्रिक जीवन प्रारम्भ गरेर अघि बढ्नुस्, हाम्रो शुभकामना छ ।’

जीजेपी नेता माधवले गत वर्ष भारतीय प्रधानमन्त्रीले संसदमा गरेको सम्बोधन स्मरण गर्दै भने, उनले भने कि सहमतिका आधारमा सबैको प्रसन्नताका आधारमा तपाईहरुको संविधान बनोस् र फलोस, फुलोस् र अगाडि बढ्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment