Comments Add Comment

गजितको ‘हैरान’मा आँचललाई आरोहिले रिप्लेस गरिन्, छायांकन सुरु

aarohi-and-aanchal
विश्वकै कान्छा निर्देशक सौगात बिष्टको निर्देशनमा बन्न लागेको दोश्रो चलचित्र ‘हैरान’को छायांकन आजबाट सुरु गरिएको छ । आज बिहान ललितपुरको यूनियन पार्क अगाडि मुहुर्त गर्दै छायांकन प्रारम्भ गरिएको हो । चलचित्रलाई मुक्ति घलेले निर्माण गर्दैछन् ।

चलचित्रको छायांकन ४५ दिनमा सक्ने योजना निर्माणपक्षको छ । मुहुर्त कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघसंस्थाका अध्यक्ष पुगेका थिए । चलचित्रमा सरोज खनाल, गजित बिष्ट, वुद्धि तामाङ, पुष्कर रेग्मी, निश्मा घिमिरे, सागर लम्साल, वसिम रजा मुख्य भूमिकामा देखिदैछन् ।

साथमा, चलचित्रबाट नव-कलाकार आरोही शर्माले डेब्यू गर्दैछिन् । यो चलचित्रको घोषणा कार्यक्रममा नायिका आँचल शर्माले अभिनय गर्ने भनिएको थियो । आँचल घोषणा समारोहमा उपस्थित पनि थिइन् ।

तर, एकाएक आँचलको स्थानमा आरोही आइपुगेकी छिन् । आँचल चलचित्र ‘जोनी जेन्टलम्यान’को छायांकनमा व्यस्त भएकाले पनि यो चलचित्रलाई समय दिन नभ्याएको गजितले बताएका छन् । चलचित्रमा चन्द्र पन्तको एक्सन, लेखन तथा कोरियोग्राफी गम्भिर बिष्टको रहनेछ ।

चलचित्रले मानिसको जीवनमा आउने हैरानीलाई कमेडी शैलीमा प्रस्तुत गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment