१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले सरकारले एकसय दिनमा गरेका कामको विवरण पेश गर्न मन्त्रालयहरुलाई निर्देशन दिएको छ ।
सरकार गठनको सय दिनमा सार्वजनिक गर्नुपर्ने सयदिनको प्रगति विवरण संकलन गर्न मन्त्रालयहरुलाई प्रधानमन्त्री कार्यालयले निर्देशन दिएको छ ।
प्रधानमन्त्री कार्यालयको निर्देशनबमोजिम मन्त्रालयहरुले कात्तिक १९ गते शुक्रबारभित्र ०७३ साउन २० गतेपछि भएका प्रगतिहरुको विवरण पेश गर्न मातहतका निकायलाई निर्देशन दिएको छ ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै ४५ दिनभित्र भूकम्पबाट प्रभावित परिवारलाई पहिलो किस्ताको आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिउको थियो ।
त्यस्तै गरिबका लागि सरकारले कार्यक्रम सुरु गर्ने प्रचण्डले पहिलो निर्णय गरेका थिए । प्रधानमन्त्री प्रचण्डले गरिब घरपरिवार पहिचान गरी उनीहरुलाई गरिब परिचयपत्र वितरण गर्ने र उनीहरुको स्वास्थ्य, शिक्षा विमा गर्ने, रोजगारी दिने जस्ता महत्वाकांक्षी निर्णय गरेका थिए ।
प्रतिक्रिया 4