काठमाडौं । त्यो काले काले केटाले…बोलको गीतवाट चर्चा पाएकी दुर्गा खरेल अहिले नयाँ गीतको तयारीमा छिन् । अर्जुन पोखरेलको शब्द र संगीत रहने उक्त गीतमा दुर्गाको स्वर रहने छ ।
‘गीतको प्रारम्भिक काम सकिइसकेको छ । गीत सार्वजनिक हुन केहि समय लाग्छ’ दुर्गाले भनिन् । ‘त्यो काले केटा भन्दा पनि दामी गीत लिएर आउँदै छु’ ।
चलचित्रको पाश्र्व गायनका अतिरिक्त आधुनिक गायनमा ब्यस्त दुर्गा त्यो काले काले केटाले रिलिजपछि थप चर्चामा आइन् ।
अहिलेका पुस्ता संगीतमा चुजी भएको धारणा राख्ने दुर्गालाई लाग्छ अब जस्तो तस्तो गीत गाएर लोकपि्रय भइदैन ।
त्यो काले काले केटो बोलको गीत स्वदेश एवं विदेशका दर्शकले समेत मन पराएका धारणा राख्ने दुर्गा नयाँ गीत सुनेर दर्शक रोमान्चित हुने धारणा राख्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4