Comments Add Comment

यस्तो छ मनोज पण्डित निर्देशित चलचित्र छाँयाको ट्रेलर

chhayaकाठमाडौं । मनोज पण्डित निर्देशित चलचित्र ‘छाँया’ को ट्रेलर सार्वजनिक भएको छ । बाल यौन दुराचारको कथामा बनेको यस चलचित्रमा साइब्रत आचार्य, अनुप बराल, अरुणा कार्की प्रकाश घिमिरेलगायतले अभिनय गरेका छन् ।

वाल मनोविज्ञानमाथि थोरै चलचित्र बनेको धारणा राख्ने निर्देशक पण्डित आफ्नो चलचित्रले मनोरञ्जनसंगै सन्देश पनि दिने धारणा राख्छन् । उनको भनाई अनुसार काममा ब्यस्त हुने बाबुआमाहरुका लागि यो चलचित्र फलदायी हुन सक्छ । ‘आफ्नो सन्तानलाई समय दिन नसक्ने बाबु आमाले चलचित्र हेरेर केहि शिक्षा पाउनेछन्’ ।

बालवालिकाहरु असुरक्षित हुँदै गएको प्रसंग समेटिएको छाँया आउँदो मंसिर ३ वाट प्रदर्शनीमा आउने छ । बृत्तचित्र ग्रेटर नेपाल बनाएर चर्चामा आएका पण्डितले दासढुंगा, बधशाला, लक्ष्यलगायतका फिल्म निर्देशन गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment