लामो समयदेखि रोहित सेट्टीको नयाँ चलचित्र ‘गोलमाल एगेन’का लागि नायिका को भन्ने चर्चा सुरु भएको थियो । कहिले आलिया भट्ट त कहिले श्रद्धा कपुरको नाम सार्वजनिक भैरहेका थिए । नायिका दीपिका पादुकोणलाई पनि चलचित्रका लागि प्रस्ताव गरिएको चर्चा चलेको थियो ।
तर, श्रद्धा र आलियाले यो चलचित्रबाट आफूहरुलाई अफर नै नआएको बताएका छन् । सबै चर्चालाई पाखा लगाउँदै नायिका परिणिती चोपडा यो चलचित्रमा अनुवन्धित भएकी छिन् । परिणिती नायक अजय देवगणकी प्रेमिकाको भूमिकामा देखिदैछन् । यो भूमिका नायिका चोपडालाई पनि खुबै मन परेको छ ।
यो चलचित्रमा परिणिती बब्ली यूवतीको भूमिकामा देखिदैछिन् । चलचित्रको अघिल्ला ३ सिरिज सुपरहिट भएका थिए । जसले गर्दा पनि आगामी तिहारमा रिलिज हुने यो चलचित्रलाई लिएर दर्शकमा उत्साह थपिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4