Comments Add Comment

‘हे आमा नेपाल तिमीलाई…’ का सर्जक महेश पाल्पालीको निधन

mahesh-palpali

हे आमा नेपाल तिमीलाईसंसारकै राम्री बनाउँला

एक कोटि जन मिलेरसुसार गर्दै जाउँला… 

एक समय रेडियोबाट निकै बज्ने यो गीतका गायक महेश पाल्पालीको निधन भएको छ । यस गीतका गीतकार र संगीतकार समेत रहेका उनको बुटवल दीपनगरस्थित आफ्नै घरमा बिहीबार साँझ निधन भएको हो । ८८ वर्षीय पाल्पाली दम रोगबाट पीडित थिए ।

हे आमा‘ बोलको गीत पाल्पालीले ०२२ सालमा भारतको कलकत्तामा रेकर्ड गराएका थिए । यो गीतबाटै उनको चर्चा चुलिएको थियो । वास्तविक नाम दौलतविक्रम शाह रहेका पाल्पालीले रेडियो नेपालमा एक सय ५० भन्दा बढी गीत गाए पनि ‘हे आमा‘ सहित तीन वटा मात्र रेकर्ड भएका छन् । उनले ‘मेरो सान‘ नामक एल्बम पनि निकालेका थिए ।

तरआर्थिक अभावमा संगीत यात्रामा सोचेजति अघि बढ्न नसकेका उनले आफूले रचना गरेका धेरै गीत नयाँ पुस्तालाई दिने भन्दै साँचेर राखेका थिए ।

पाल्पाको तानसेनमा जन्मिएका उनी काठमाडौंमा चर्चा कमाएर जीवनको उत्तरार्द्ध बुटवलमा बिताउँदै आएका थिए । पाल्पाबाट उनी ०३० सालतिर बुटवल पसेका थिए । काठमाडौं आएपछि भने विभिन्न संगीतकर्मी व्यक्तिहरुसँगको सरसंगतिबाट उनको संगीतयात्रा अघि बढेको थियो ।

सेनाको मेजर रहेका बाबुले उनलाई पढाउन काठमाडौं ल्याएछि नातिकाजीतारादेवीकिरण खरेल लगायत गायकगायिका र गीतकारहरुसँग उनको संगत बढेको थियो ।

एक समय निकै चर्चामा रहे पनि आर्थिक समस्याले गाँजेपछि संगीतकर्मबाट टाढिँदै उनी पछिल्लो समय गुमनाम जीवन बाँचिरहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment