Comments Add Comment

मुखर्जी काठमाडौं आउँदा लोकमानसिंह अर्कै काममा व्यस्त !

सर्वोच्चको मुद्दाबारे बरिष्ठ अधिवक्ताहरुसँग छलफल

Lokman-Sing-Karki२० कात्तिक, काठमाडौं । भारतीय राष्ट्रपति प्रणव मुखर्जी काठमाडौं आउनुअघिसम्म देशैभरि लोकमानसिंह कार्कीको चर्चा परिचर्चा भइरहेको थियो । मुखर्जी काठमाडौंमा आएपछि सबैले लोकमानलाई बिर्सिए र मुखर्जीतिर लागे । तर, योबेलामा चर्चाबाहिर रहेका लोकमानसिंह चाँहि अख्तियारको सरकारी आवासमा निश्क्रिय थिएनन् ।

स्रोतले दिएको जानकारीअनुसार विहीबार राजनीतिक दलका नेताहरुले प्रणव मुखर्जीसम्म लाइन लागेर भेटवार्ता गरिरहेका बेलामा लोकमानसिंह कार्की  चाँहि के गर्दै थिए होला  ? त्यसबेला उनी अख्तियार दरुपयोग अनुसन्धान आयोगको सरकारी निवासमा केही बरिष्ठ अधिवक्ताहरुलाई बोलाएर सर्वोच्च अदालतको सामना कसरी गर्ने भन्नेबारेमा सरसल्लाह गरिरहेका थिए ।

वकिलहरुको काम नै सल्लाह दिनु हो । वकिलहरुले सेवाशुल्क पाए भने चोर डाका र बलात्कारीहरुको पक्षमा समेत वकालत गरिदिन्छन् । यस्तो बेलामा लोकमानसिंह कार्की सही छन् भनेर उनको पक्षमा बहस गर्न सर्वसाधारणलाई डर लागे पनि वकिलहरुलाई यसमा छेकबार हुँदैन । उनीहरुले ‘फी’ लिएर लोकमानको पक्षमा बोल्नु स्वाभाविकै हो ।

तर, विहीबार लोकमानलाई सल्लाह दिन टंगाल पुगेका वरिष्ठ वकिलहरुमा देशका इनेगिनेका कानूनविदहरु थिएनन् । बरु त्यहाँ लोकमानका नजिकका एवं नाताका वकिलहरु उपस्थित थिए, जसबाट लोकमानसिंह कार्की कानूनविदबा माझमा समेत एक्लिँदै गएको महसुस गर्न सकिन्थ्यो ।

स्रोतका अनुसार विहीबार लोकमानलाई सुझाव दिन पुगेका वकिलहरुमा एकजना थिए बरिष्ठ अधिवक्ता कोमलप्रताप घिमिरे । उनी लोकमान अख्तियारमा रहेका बेला उनका कानूनी सल्लाहकारसमेत हुन् । लोकमानलाई महाअभियोग लागेपछि दीप बस्नेतले घिमिरेलाई सल्लाहकारबाट हटाएका छन् । तर, तलबी सल्लाहकारबाट हटे पनि घिमिरेले विहीबार टंगाल पुगेर लोकमानलाई सर्वोच्च अदालतको सामना गर्नेबारे सल्लाह दिए ।

त्यसैगरी सुशील कोइरालाका पालामा महान्ययाधीवक्ता रहेका अर्का कानूनविद बाबुराम कुँवर पनि लोकमानलाई कानूनी सल्लाह दिन विहीबार टंगाल पुगेका थिए । अभिवक्ता कुँवर लोकमानसिंह कार्कीका सुसरालीतिरका नातेदार हुन् । उनी नेपाली कांग्रेस निकट कानूनविद हुन् ।

त्यसैगरी फौजदारी कानूनका ज्ञाता एवं नेपाली कांग्रेस निकट बरिष्ठ अधिवक्ता कृष्णप्रसाद सापकोटा पनि लोकमानलाई कानूनी सल्लाह दिने टोलीमा सहभागी थिए ।

स्रोतका अनुसार उनीहरुले लोकमानलाई सर्वोच्च अदालतको १५ दिने म्या गुजार्न र त्यसपछि म्याद थपेर अन्तिम चरणमा वारेसमार्फत अदालतलाई जवाफ लेख्न सल्लाह दिएपछि कार्कीले म्याद गुजारेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment