Comments Add Comment

ए दिल है मुस्किलको कमाई १०० करोडमाथि

ae-dil-hai-mushkil-12aमुम्बई । करण जौहर निर्देशित चलचित्र ‘ए दिल है मुश्किल’ प्रदर्शनको एक हप्तामा १०० करोड कमाई गर्न सफल भएको छ । रोमान्टिक ड्रामामा बनेको यो फिल्म २८ अक्टुवरमा रिलिज भएको थियो । उक्त फिल्मले भारतवाट ७४.०१ करोड रुपैया कमाई गरेको थियो भने भारत बाहेकको मुलुकवाट ४७ करोड आम्दानी भएको थियो ।

फक्स स्टार स्टुडियोका अनुसार मार्केटिङ, वितरण सबै लगात जोड्दा फिल्ममा एकसय करोड लगानी भएको छ । फिल्म निर्माताका अनुसार दीवालीमा रिलिज फिल्मलाई दर्शकले हिट सावित गरिदिए । निर्माण संस्थाका कार्यकारी निर्माताको भनाई अनुसार फिल्मले भारत बाहेकका मुलुकमा पनि निकै राम्रो ब्यापार गरेको छ ।

रणबीर कपुर, ऐश्वर्या राय र अनुष्का शर्मा अभिनित यो चलचित्रसंगै अजय देबगणको शिबाय पनि रिलिज भएको छ । तर, शिबायको कमाई ए दि है मुस्किलको जति छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment