२२ कात्तिक, काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत यु होङ काठमाडौं आएकी छन् ।
वर्तमान राजदूत उ चुन्ताईको कार्यकाल सकिएपछि चीनले नयाँ राजदूतमा महिलालाई पठाएको हो ।
एशिया मामिलामा राम्रो जानकारी राख्ने राजदूत होङ वरिष्ठ कुटनीतिज्ञ पनि हुन् ।
सोमबार अपरान्ह त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएकी होङलाई दूतावासका अधिकारीहरुले स्वागत गरेका छन् ।
५१ वर्षीया राजदूत होङ काठमाडौं आउनु अघि इन्डोनेसियाको सुराबयामा महावाणिज्यदूतको रुपमा कार्यरत थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4