२२ कात्तिक, काठमाडौं । पूर्वयुवराज पारस शाहका साथी सुमित राईले फ्रान्समा आत्महत्या गरेका छन् । राईले रेलको लिकमा हाम्फालेर आत्महत्या गरेका हुन् ।
वाल्यावस्थामा बूढानीलकण्ठमा विद्यालय तहको अध्ययन गर्दादेखि नै राई र शाह अनन्य मित्र थिए । उनीहरुको दोस्ती पछिसम्म निरन्तर रहेको थियो । मृतक राई ४५ वर्षका थिए ।
राईले नोभेम्बर २ तारेखमा रेलको लिगमा हाम्फालेर आत्महत्या गरेको उनका साथीले जानकारी दिएका छन् । रेललेे किचेर मृतक राईको शरीर क्षत-विक्षत बनेको थियो ।
घटनापछि पूर्वयुवराज पारसले फेसबुकमा राईको तस्वीर पोष्ट गरेर श्रद्धाञ्जली दिएका छन् ।
‘पेपर म्यारिज’ पछि डिप्रेसन
१२ वर्ष पहिले सुमितले एकजना फ्रान्सेली युवतीसँग पेपर म्यारिज -कागजी विवाह) गरेका थिए । र, त्यही बेलादेखि उनी फ्रान्समा बस्दै आएका थिए ।
स्रोतले अनलाइनखबरसँग भन्यो- ‘सुरुमा ती विदेशी महिलाले एकजना नेपाली बच्चालाई धर्मपुत्र राख्न चाहेकी थिइन्, त्यही बेला राईले आफूसँग कागजी विवाह गरेर फ्रान्स लैजान भने । त्यसो गर्दा बच्चालाई पनि लैजान सजिलो हुने उनले बताए । यही योजना अनुसार उनीहरुवीच कागजी बिहे भयो र सुमित पनि फ्रान्स गएर उतै बस्न थाले ।
बाह्र वर्षसम्म विदेशमा बसेका सुमित एक महिनाअघि मात्रै नेपाल आएका थिए । काठमाडौं आएका बेला उनले पारस शाहलगायत आफ्ना पुराना साथीभाइहरुसित भेटघाट गरे ।
त्यसबेला सुमितलाई भेट्ने साथीका अनुसार उनी डिप्रेसनको विरामी थिए । स्रोतले अनलाइनखबरसँग भन्यो- ‘उनमा डिप्रेसन देखिएको थियो, गत बुधबार गुडिरहेको रेल अगाडि हाम्फालेर आत्महत्या पो गरेछन् ।’
प्रतिक्रिया 4