Comments Add Comment

सिक्किममा निरुता र तुलसीको अंकमाल, सम्बन्ध विग्रिएको थियो चर्चा

tulasi-and-niruta

‘चौथो इनास नेपाली फिल्म अवार्ड’का लागि यतिबेला काठमाण्डौबाट सय बढी कलाकार भारतको सिक्किम आइपुगेका छन् । सिक्किममा कलाकारहरु भेला भएपछि माहोल चलचित्रमय भएको छ । सिक्किममा निर्देशक तुलसी घिमिरे र नायिका निरुता सिंहको भेट विशेष रहन पुग्यो ।

चलचित्र बजारमा तुलसी र निरुताको सम्बन्ध विग्रिएको चर्चा चलेको थियो । निरुता अहिले चलचित्रबाट टाढा छिन् । उनी अहिले भारतमा बस्दै आएकी छन् भने तुलसी ‘दर्पण छायाँ २’को निर्देशन गरेर प्रदर्शनको तयारीमा छिन् । niruta-and-tulasi
तुलसीसँग सम्बन्ध विग्रिएकै कारण निरुताले ‘दर्पण छायाँ २’मा अतिथी भूमिका पनि निर्वाहा नगरेको चर्चा थियो । तर, सिक्किम एकसाथ भेट भएका निरुता र तुलसीको अंकमाल र सामिप्यता हेर्न लायक नै थियो ।

नायिका निरुता सिंहलाई लिएर तुलसीले थुप्रै हिट चलचित्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment