Comments Add Comment

दिपेन्द्र झालार्इ मेरा केही प्रश्न

अधिवक्ता दिपेन्द्र झाको लेख अनलाइनखबरमा आएको थियो । उहाँको लेख पढीनसक्दा मेरा मनमा केही प्रश्नहरु आए । ट्वीटरमा जवाफ दिनुभएन, त्यसैले यो लेख लेख्दैछु ।

विशेष गरी झाजी का ४ तर्क छन्:

banita-khanalअंगीकृतलार्इ नागरिक समानता: दीपेन्द्र जी, हजुरले भनेझै बरु नागरिकता नै नदिने हो कि ? अर्काको देशमा आएर बंशजसरह हकअधिकार दिए, बंशज र अंगीकृतमा फरक नै के भयो र ? के तपाईलाई भारतीयलार्इ बंशज सरह अधिकार दिए आइपर्ने समस्याको अलिकति पनि अड्कल छैन र ? यत्रो बुद्धिजीवी भएर किन यति स्वार्थी हुनुभयो ? कोही एकननाको अंगीकृत आमा प्रम बन्न पाइनन् भनेर लाखौं आमाका सन्तानलाइ प्रम बन्न नदिने ? साँचिकै हामीले सोचेझै भारतीय हस्तक्षेप भएमा देश नै कहाँ रहला र कसैको सन्तान प्रम बन्ला?

देश बिग्रिनुमा बंशजको हात: झाका अनुसार आजसम्म जति पनि प्रम भए, सबै बंशज भए र यिनीहरुले नै देश बिगारे । तर, बंशजले देश बिगारे भन्दैमा अंगीकृतलार्इ अझै बिगार्न दिने ? देश सप्रिनु र बिग्रिनुमा मधेसी या अंगीकृतको कुनै हात छैन र ? मधेसीले चुनावमा भोट हालेनन् र ? तिनका प्रतिनिधि संसद मा आएनन् र ? देश चलाउन प्रम नै हुनुपर्ने हो ? अरु कसैको हात हुन्न र ?

के अंगीकृतलार्इ भोट हाल्ने अधिकार थिएन र ? बंशज रत्यसमा पनि पहाडिया बंशजलार्इ मात्र दोष लाउनु कतिको उचित छ ?

राष्ट्रघातीलार्इ सजायँ दिउँ: जब बंशज नै यति राष्ट्रघाती बन्छन् भने, अंगीकृत त झन पराइ मुलुकबाट आएका हुन् झाजी । सबै बंशज कामै नलाग्ने भए र अंगीकृतलार्इ प्रम बनाउन चाहनुभयो ? मधेसमै बंशज नागरिकता भएका अरु लायक व्यक्तित्वहरु छैनन् र बिहारबाट झिका-झिकाई प्रम बनाउनुपर्ने अवस्था आयो ? ‘प्रिवेंसन इज बेटर देन केयर’ भन्ने सुन्नुभा’छ होला । राष्ट्रघात भएपछि त राष्ट्र डुबिहाल्छ नि, अनि सजायँ दिँदैमा, नोक्सानीको भर्पाइ हुन्छ र ?

मधेसी महिलालार्इ भेदभाव गर्छ मधेसले । यस्ता भेदभाव हटाउनतिर लाग्नुस् न ।  अंगीकृत नागरिकतामा हक अधिकार दिँदैमा हुने वाला केही छैन ।

यो पहल महिला अधिकारका लागि: दीपेन्द्रजीले दिनुभएको तर्कमध्ये सार्है कमजोर तर्क यो हो । संविधानले महिला र पुरुषमा भेदभाव गरेको छैन । अंगीकृतको कुरा भइरहेका बेला महिलाका कुरा कसरी आए ? कुनै स्वास्नी मान्छेले बंशजसरह हक पाउँदैन भने, उ अंगीकृत भएका नाताले पाउँदैन, न कि महिला भएकाले । त्यस्तै महिलाका बारेमा सोच्नुहुन्छ भने बिहे गरेर छोरीलाई अंगीकृत बन्न पठाइने चलन हटाउनुस् । ठूलै पद हाँक्न सक्ने महिला आफ्नो देश छोडेर अंगीकृत बन्न बिरलै आउछन् होला ।

यसै नि पढे लेखेको मान्छे र अलिकति सोच्न सक्ने मान्छेले अर्काको देशमा आएर मुख्य पद खान खोज्दैनन् भन्ने कुरा त सोनिया गान्धीले नै देखाइन् त । उनले आफै प्रधानमन्त्री हुन चाहिनन् भनेर तपाइँ आफै लेख्नुहुन्छ । बंशज भारतीयको भाग खोस्न चाहिनन् सायद ।

नेपालमा महिला पिछडिएका त छँदै छन्, अझ बढी मधेसी महिला । बंशज महिला पनि त छन् नि मधेसमा, तिनका बारेमा नि सोचौं न । तिनलाई बरु ठूला पद हाँक्न सक्षम बनाउँ न ।

म पनि महिला हुँ । दैनिक जीवनमा मलार्इ नियम कानुन या भनौं संविधानले भेदभाव गरेको महसुस हुँदैन । मलार्इ भेदभाव गर्छ यो समाजले । मधेसी महिलालार्इ भेदभाव गर्छ मधेसले । यस्ता भेदभाव हटाउनतिर लाग्नुस् न ।  अंगीकृत नागरिकतामा हक अधिकार दिँदैमा हुनेवाला केही छैन ।

अन्त्यमा,

म के भन्छु भने तपार्इ यदि राष्ट्रवादी हो भने यस्ता ढीपी छोड्नुस् । आउनुस् मिलेर देश बनाउँ । समाज सुधारौं । हामीले चाहेको नयाँ नेपाल बनाउँ ।

नेपाल अविकसित र गरिब त छँदै थियो, अहिले असुरक्षित बनेको छ । जनताले त्यति दुःख कस्ट गरेर राजतन्त्र हटाए, लोकतन्त्र ल्याए । कति खुसी थियौं हामी, आफैले आफ्नो देशमा राज गर्ने भनेर । नेपाल अब राणा वा शाहको बिर्ता रहेन भनेर । हामीले श्री ५ को सरकार हटाएर नेपाल सरकार बनायौं। कार्यालयको नाम नयाँ, नोट नयाँ, पाठ्यक्रम नयाँ ।

हाम्रो परिकल्पनाको नयाँ नेपाल बनाउन सुरु त गरेका थियौं तर नालायक नेतृत्वका कारण नयाँ नेपाल असुरक्षित, भ्रष्टाचारको केन्द्र, आन्दोलनको अड्डा बन्यो । राजनीतिक पार्टी फुटे, सरकार फेरिए । न कसैले केही गर्यो, न कसैलाई केही गर्न दिइयो  ।

भूकम्प आयो, भूकम्पसंगै संबिधान, संबिधानसंगै नाकाबन्दी । यति धेरै दुख एकैसाथ त सायदै देखेका थिए होलान् नेपालीले  । भूकम्पका राहतका सामानमा भ्रष्टाचार भए, भूकम्प पीडितहरू सरकार पीडित बने । ज्यान त कतिले गुमाए कतिले । बाँकीले सरकारबाट विश्वास गुमाए । हाम्रो सानो सुन्दर शान्तिको प्रतीक देश नेपाल, उजाडिएको रुखजस्तै कुरूप भयो, छिमेकी देशका गुण्डाको अखडा बन्यो ।

हो, मधेसी हेपिएका हुन् । तर, उनलाई कानुन या नियमले हेपेको होइन, समाजले हेपेको हो । जसरी नेपाली समाजले मधेसीलार्इ हेप्यो, त्यसरी नै धनी मधेसीले गरिब मधेसीलार्इ हेपे

पछिल्लो समयमा आएर हाम्रै आफ्नै मधेसी दाजुभाइ दिदीबहिनीले हामी पहाडी (खस आर्य) लार्इ बस्न खान दिएनन् । बाहुन हुनु त आहिलेको नेपालमा दुर्भाग्य नै थियो, अब पहाडी हुनु पनि कसैको आँखाको कसिंगर बन्नु झैँ भयो ।

हो, मधेसी हेपिएका हुन् । तर, उनलाई कानुन या नियमले हेपेको होइन, समाजले हेपेको हो । जसरी नेपाली समाजले मधेसीलार्इ हेप्यो, त्यसरी नै धनी मधेसीले गरिब मधेसीलार्इ हेपे । र, त्यही मधेसी समाजमा बढी हेपिए मधेसी महिला ।

नेपाल दुर्इटा शक्तिशाली देशको वीचमा रहेको एउटा कमजोर देश हो । कमजोर भए पनि जलश्रोत र प्राकृतिक सौन्दर्यको धनी हाम्रो देश यी दुइटा देशका लागि आँगनमा बनेको फुलबारी जस्तै हो । यो भारत र चाइनाको बीचमा रहेको साझा धरातल कुनै पनि बेला यीमध्ये एउटा देशको कब्जामा हुन बेर लाग्दैन । अझै भारततिर त सीमा पनि खुल्ला छ । चाहिएका बेला जसले आएर जे पनि गर्न सक्छ ।

भारतले नेपालका बारेमा के सोच्छ भन्ने कुरा नेपाली बच्चा बच्चालार्इ थाहा छ । बच्चा बच्चालार्इ थाहा भएको यो कुरा हाम्रा मधेसी नेताले कसरी नबुझेका ? पैसा खाएकै हुन् त ? नत्र सानो बच्चाले बुझ्ने  कुरा देशका नेता बनिसकेका मान्छेलार्इ थाहा हुन्न र ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment