+
+
Shares

परराष्ट्रविद भन्छन्-अमेरिकाबाट नेपालले पाउने आर्थिक सहयोग कटौती हुनसक्छ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २४ गते १७:२७

foreign-experts

२४ कात्तिक, काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको नयाँ राष्ट्रपतिमा निर्वाचित भएसँगै नेपाललाई दिँदै आएको आर्थिक सहायता कटौति हुने सम्भावना बढेको परराष्ट्रविदहरुले औंल्याएका छन् ।

अमेरिकाका लागि नेपालका पूर्वराजदुत डा. शंकर शर्माले अमेरिकाले दिँदै आएको आर्थिक सहायता घट्ने अनुमान गरेका छन् । रिपोर्टर्स क्लबमा आयोजित उनले भने, ‘नवनिर्वाचित राष्ट्रपतिको नीति अनुसार अब आर्थिक वृद्धिदरमा नकारात्मक प्रभाव पर्न सक्ने खतरा छ, यदि त्यसो भयो भने अमेरिकाले वैदेशिक सहायतामा कटौति गर्नेछ ।’

राष्ट्रपति चुनावको नतिजा पूरा विश्वकै लागि अप्रत्यासित रहेको बताउँदै उनले भने, ‘उनको विजयी वास्तवमै अप्रत्यासित नै हो, धेरैले यस्तो अनुमान गरेकै थिएनन् ।’

ट्रम्पको विजयीले काला जाति, विश्वविद्यालयमा अध्ययनरत युवाहरु तथा महिलाहरुलाई निराश बनाएको शर्माको विश्लेषण छ ।

उनले अब अमेरिकाले नयाँ ट्रेड सम्झौता नगर्ने बरु रिभ्यु गर्ने बताए । उनका अनुसार उक्त नीतिले फाइनान्सल्ली इण्डिपेन्डेन्ट राष्ट्रलाई जस्तो भारतलाई पनि यसको असर पर्नै सक्छ । शर्माले थपे, ‘यसले गर्दा अब ट्रेड वार हुने सम्भावना छ ।’

शर्माले नेपालले अब ककसमार्फत आफ्नो देशलाई फाइदा हुने कुरा अघि बढाउन सक्ने समेत धारणा राखे । क्यापिटल हिलस्थित ककसबाट नेपालले आफ्नो आर्थिक साझेदारीको कुरा अघि बढाउनुपर्ने शर्माले सुझाएका छन् ।

त्यस्तै उनले अहिले आप्रावासीहरुलाई ठूलो भयको वातावरण सिर्जना भएको उल्लेख गर्दै ईमिग्रेसन पोलिसीमा पनि केही कडाई हुन सक्ने बताए ।

उनले थपे, ‘उहाँले चुनावी दौरानमा बोलेजस्तो कुरा लागू गर्ने हो भने रोजगारीमा पनि हतोत्साही उत्पन्न हुनसक्छ ।’ यद्यपि उनले अमेरिकाको सिनेट, कंग्रेस र राष्ट्रपति पनि रिपब्लिकनकै भएपनि कतिपय रिपब्लिकनहरुले नै ट्रम्पका नीतिहरु सजिलै पास नगर्ने समेत अनुमान लगाए ।

कार्यक्रममा परराष्ट्रविद एवम् नेकपा एमालेका सांसद डा. राजन भट्टराईले चुनावका क्रममा ट्रम्पले बोलेका कुरा लागू भए विश्वमा राजनीतिमा ठूलो प्रभाव आउने बताएका छन् ।

यद्यपि चुनावी मैदानमा बोल्ने कुरा पदमा निर्वाचित भएपछि त्यसलाई हुबहु लागु गर्न नसकिने उनले बताए ।

ट्रम्पको जितले नेपालमा ठूलो प्रभाव नपरेपनि आर्थिक सहायतामा भने कमी आउन सक्ने उनको पनि धारणा छ ।

अर्का पूर्वराजदुत डा. सुरेश चालिसले ट्रम्पले चुनावी दौरान उठाएका एजेण्डाहरु लागु भए जापान, साउथ कोरिया लगायत देशमा अमेरिकी सैनिक कटौति हुने बताए । अहिले डोनाल्ड ट्रम्प विजयी भएलगत्तै पूरा विश्वमै यसको अवसर र चूनौतिबारे बहस भइरहेको भन्दै भने, ‘ट्रम्पले रसियासँग राम्रो सम्बन्ध राख्न चाहेका छन्, यसबारे चारैतिर अहिले संशयहरु उत्पन्न भएका छन् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?