Comments Add Comment

कट्रिनादेखि प्रियंकासम्म असफल हिरोइनको सूचीमा

priyanka-and-katrina
कट्रिना, प्रियंका

मुम्बई । बलिउडमा एउटै फिल्मको लगानी सय करोड बढी हुन्छ । हिरोईनले मात्रै एउटा फिल्मवाट १० करोड बढी पारिश्रमिक लिन्छन् । तिनै हिरोइनले अभिनय गरेका कतिपय फिल्म असफल भएपछि ती नायिकाको क्षमताको विषयमा पनि टिका टिप्पणी सुरु हुन्छ । केहि यस्ता फिल्म छन् जुन फिल्मले निर्माताको लगानी डुब्यो भने नायिकाको करिअर पनि माथि उठाउन सकेन । हेरौं असफल हिरोईनको सूचीमा को को रहेछनः

‘फितुर’ र ‘बार बार देखो’ सुपर फ्लप फिल्मको रुपमा चिनिन्छ । यी दुई फिल्ममा कट्रिना कैफ नायिका छिन् भने दुई फिल्मवाट निर्मातालाई ६५ करोड घाटा भएको छ । अर्की नायिका प्रियंका चोपडा हलिउडमा हिट छिन् । तर, उनैले अभिनय गरेको फिल्म ‘जय गंगाजल’ भारतमा असफल भयो । यो फिल्मवाट निर्मातालाइ १० करोड घाटा भयो ।

aliya bhatta cute photo
आलिया

कन्ट्रोभर्सियल नायिका सन्नी लियोनी प्राय सँधै चर्चामा हुन्छिन् मस्तीजादे, वान नाइट स्ट्याण्ड, बेइमान लभ र फुद्दु चार फिल्म आयो । ती फिल्मवाट निर्मातालाई ४० करोड घाटा भएको छ । सुपर सक्सेस भनिएकी नायिका आलिया भट्टले पनि यसपाली निर्मातालाई खुसी बनाउन सकिनन् । उनले अभिनय गरेको ‘उड्ता पञ्जाब’ वाट निर्मातालाई पाँच करोड घाटा छ । अर्कि नायिका सोनाक्षी सिन्हा अभिनित चलचित्र ‘अकीरा’वाट निर्मातालाई ८ करोड घाटा भएको थियो ।

उर्वसी रौतेला ‘ग्रेट ग्रयाण्ड मस्ती’वाट निकै उत्साहित थिईन् तर, फिल्म रिजिल भएपछि निर्माताले २५ करोड घाटा सहनु पर्‍यो । बाहुबली अभिनेत्री तमन्ना भाटियाको हिन्दी फिल्म ‘तुतक तुतक तुतिया’ वाट पनि निर्माताले पाँच करोड घाटा सहन वाध्य भएका छन् ।

कमल हसनकी छोरी श्रुती हसन ‘रकि ह्याण्डसम’ वाट उत्साहित थिइन्, जुन फिल्मवाट निर्माताले १५ करोड घाटा सहनु परेको थियो । सोहा अलि खान चलचित्रमा असफल भएपनि खान्दानको कारण राम्रै चर्चा पाउछिन् । ‘घायल वन्स अगेन’ र ‘३१ अक्टुबर’वाट १५ करोड घाटा भएको थियो ।

सोनाक्षी
सोनाक्षी

मल्टिस्टार फिल्म ‘हाउसफुल-३’ वाट ज्याकलिन फर्नाडिसले राम्रै चर्चा पाईन् । तर, उनी सोलो हिरोइन रहेको ‘फ्लाईङ जट्ट’ असफल रह्यो । उक्त फिल्मवाट निर्माताले १० करोड बढी घाटा सहेका थिए ।

विद्या वालनका पछिल्ला तीन फिल्म असफल रह्यो । यश चोपडाको छोरा उदय चोपडासँग अफेयरको कारण चर्चामा रहेकि नरगीस फाकरी सामाजिक सञ्जालमा सँधै चर्चामा आउछिन् । तर, उनले अभिनय गरेको फिल्म ‘बैंजो’ वाट निर्माताले १० करोड घाटा सहनु परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment