२५ कात्तिक, नुवाकोट । नुवाकोटको लिखु गाविसमा एक वृद्ध दम्पतीको गएराति हत्या भएको छ ।
जिल्लाको पूर्वी भागमा पर्ने लिखु–२ मजुवा माथिल्लो टोलका ७० वर्षीय धनबहादुर तामाङ र उनकी श्रीमती ६५ वर्षीया कान्छी तामाङको बुधबार राति ९ बजेतिर हत्या भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रहरी नायब उपरीक्षक ऋषिराम कँडेलले जानकारी दिए ।
तामाङ दम्पतीको छिमेकी २४ वर्षीय रवि तामाङले हत्या गरेको प्रहरीले जनाएको छ । हत्या आरोपी रविलाई प्रहरीले गएराति नै पक्राउ गरी इलाका प्रहरी कार्यालय सिक्रेको नियन्त्रणमा राखिएको छ ।
आपसी झैझगडामा मुक्का र ढुङ्गाले प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । अहिले बिहान जिल्लाबाट गएको प्रहरी टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई जिल्ला अस्पतालमा ल्याउन लागेको छ । हत्याको कारण खुलिनसकेको प्रहरीले जनाएको छ ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4