Comments Add Comment

सलमान भन्दा दैनिक पाँचलाख बढी कमाउँछन् अक्षय

salman-akshayमुम्बई । हालै मात्रै एउटा विवरण सार्वजनिक भएको छ । अक्षय कुमारले आफ्नो पारिश्रमिक बढाएर ४५ करोड पुर्‍याए । धेरैलाई थाह नहुन सक्छ ।

सलमान खान भन्दा अक्षय कुमारले दैनिक पाँचलाख बढी कमाउछन् । सलमानको प्रतिदिन आम्दानी ५२ लाख रुपैंया छ भने अक्षयकुमारको प्रतिदिन आम्दानी ५७ लाख रुपैंया रहेको छ । यो वर्ष मात्रै अक्षयले वर्षमा २१० करोड कमाइ गरेका थिए भने सलमानको कमाई १९० करोड थियो ।

अक्षयकुमार अभिनयको अतिरिक्त केही कम्पनिको ब्राण्ड एम्बेस्डर छन् भने उनको आफ्नै प्रोडक्सन हाउस पनि छ । फिल्म, अवार्ड शो लगायतवाट शाहरुख खानले दैनिक ६० लाख कमाउछन् भने अमिताभ बच्चनले दैनिक ३७ लाख कमाइ गर्छन् । दीपीका पादुकोणको कमाई दैनिक १८ लाख रहेको छ ।

त्यस्तै आमा बन्ने तयारीमा रहेकि करिना कपुर दैनिक २० लाख कमाउछिन् । कटि्रना कैफको आम्दानी दैनिक १७ लाख रहेको छ भने पि्रयंका चोपडा दैनिक २० लाख कमाउछिन् । रणबीर कपुरको आम्दानी दैनिक २७ लाख रहेको छ । तुलनात्मक रुपमा आमिर खानको आम्दानी थोरै छ उनी दैनिक नौ लाख रुपैया कमाउछन् । ऋतिक रोशनको दैनिक कमाइ १७ लाख रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment