+
+

साताभरमा सेयर बजारमा दुई अर्ब बढीको कारोबार

रासस रासस
२०७३ कात्तिक २७ गते १८:४०

nepse-stock-market
२७ कात्तिक, काठमाडौं । धितोपत्र बजारमा साताभर नेप्से परिसूचक घट्ने क्रम रोकिएन । नेपाल स्टक एक्सचेन्जकाअनुसार साताभर पुँजी बजार ५१ दशमलव ९५ अङ्कले ओरालो लागेर एक हजार ६९७ अङ्कमा आएर रोकिएको छ ।

कारोबारको हिसावले साताको अन्तिम दिन बिहीबार मात्रै बजार समान्य रुपमा वृद्धि भएको थियो । यो साताको बजार खुलेको पहिलो दिन सोमबार बजार दोहोरो अङ्कले ओर्लिएको थियो । सो दिन १३ दशमलव ०९ अङ्कले बजार घटेको थियो ।

यस्तै, मङ्गलबार पनि बजार २४ दशमलव ६३ अङ्कले घटेर एक हजार ७२४ दशमलव ४९ अङ्कमा ओर्लिएको थियो । बुधबार पनि बजार ओर्लिनेक्रमले निरन्तरता लिदै नेप्से परिसूचक एक हजार ७०० अङ्क भन्दा मुनि अर्थात् एक हजार ६९६ बिन्दुमा ओरालो लाग्यो ।

बजारमा कारोवारका हिसाबले अन्तिम दिन बिहीबार भने शुन्य दशमलव ३१ अङ्कको झिनो सुधार देखिएको थियो । १२९ कम्पनीको १० लाख ६५ हजार ३५१ कित्ता सेयर खरिदबिक्री भएको बिहीबार ७० करोड ८० लाख ४२ हजार २९८ रूपैयाँको कारोवार भएको थियो ।

साताभर कुल रु दुई अर्ब ८४ करोड ५३ लाख ५९ हजार बराबरको ४० लाख छ हजार ८९० कित्ता सेयर खरिद बिक्री भएका छन् ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?