Comments Add Comment

एप्पलमाथि सुरु भयो संकट, आइफोन सेभेन प्लसमा आगो लाग्यो

iphone-7-plus-explosionफोनसेट तातेर आगो लाग्ने समस्यासँगै ग्यालेक्सी नोट सेभेनको उत्पादन बन्द गर्दा अर्बौँको घाटा बेहोरेको सामसुङको घाउमा अझै घाटा बसिसकेको छैन । अब यहीँ समस्याले उसको प्रतिद्धन्दी कम्पनी एप्पललाई समेत सताउने देखिएको छ । एप्पललको आइफोन सेभेन प्लसमा आगो लागेको खबर सार्वजनिक भएको छ ।

गिज्मोचाइना वेबसाइटका अनुसार दक्षिणपश्चिम  चीनको युनान प्रान्तमा एक प्रयोगकर्ताले प्रयोग गरिरहेको आइफोन सेभेन प्लस आगो लागेर ध्वस्त भएको छ ।

वेबसाइटका अनुसार प्रयोगकर्ताको हातबाट आइफोन भुइँमा खसेपछि फोनमा कम्पन सुरु भयो र तिव्र रुपमा धुवाँ निस्कियो । अन्तिममा फोन पड्किएर त्यसको डिस्प्ले टुक्रिँदै छुट्टिएको छ । तस्वीर हेर्दा आइफोन कामै नलाग्ने गरी ध्वस्त भएको छ । गत महिना मात्र प्रयोगकर्ताले उक्त आइफोन खरीद गरेको बताइएको छ ।

यो समाचारको बारेमा एप्पलले भने कुनै प्रतिक्रिया दिएको छैन । यदि यो घटना सत्य सावित भएमा सन् २०१६ मा आइफोनमा आगो लागेको यो चौथो घटना हुनेछ ।

गत अगष्ट महिनामा अस्ट्रेलियामा पनि एक प्रयोगकर्ता मोटरसाइकलबाट लडेसँगै उनको गोजीमा रहेको आइफोन पड्किएको थियो । एक प्रयोगकर्ताले भिडियो खिच्दै गर्दा आइफोनमा आगो लागेको घटना पनि सार्वजनिक भएको थियो । त्यस्तै गत महिना अस्ट्रेलियामै कपडामा बेरेर कारको पछाडिपट्टि समुद्री किनारामा राखिएको आइफोन तातोका कारण विस्फोट भएसँगै कार समेत आगो लागेर ध्वस्त भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment