Comments Add Comment

संघीय गठवन्धनले प्रचण्डलाई दियो थप १५ दिने म्याद

prachanda-and-upendra

२९ कात्तिक, काठमाडौं । मधेसी मोर्चासहितको संघीय गठवन्धनले आफ्नो सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने भन्दै सरकारलाई थप १५ दिनको समय दिएको छ ।

उपेन्द्र यादव नेतृत्वको गठवन्धनले सोमबार विहान सिंहदरवार पुगेर प्रधानमन्त्री प्रचण्डलाई स्मरण पत्र बुझाएको छ ।

स्मरण पत्र बुझाउँदै यादवले आफूहरुको सहमतिमा मात्र संविधान संशोधन विधेयक दर्ता गर्नुपर्ने बताए । बरु कात्तिक मसान्त भनेको ठाउँमा १५ दिन थप समय लिन समेत उनले आग्रह गरे । यादवले सीमांकनको विषय अहिले नै टुंग्याउनु पर्ने भन्दै आयोग गठनको प्रस्ताव मान्य नहुने बताएका छन् ।

जवाफमा प्रधानमन्त्री प्रचण्डले भने आफू केही दिनमा नै संविधान संशोधन विधेयक दर्ता गर्ने तयारीमा रहेको बताए । आफूले २५ गते नै संशोधन प्रस्ताव दर्ता गर्न चोहेको तर, कांग्रेस सभापतिले तरुण दलको महाधिवेशनपसम्म कुर्न आग्रह गरेको उनले सुनाए ।

प्रधानमन्त्री प्रचण्डले सबैलाई सहमति गराएर मात्र संशोधन प्रस्ताव दर्ता गराउन लाग्ने हो भने सम्भव नहुने बताए । आफू एक समय ३० दलीय मोर्चाको संयोजक रहेको र त्यहाँको भावना आफूले बुझेको भन्दै उनले सबैलाई चित्त बझ्ने गरी प्रस्ताव ल्याउने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment