बलिउडमा नायिकाहरु विच सम्बन्ध विग्रनु वा जोडिनु कुनै नौलो कुरा नै होइन । सम्बन्ध, व्रेकअपका समाचार दैनिकजसो नै सार्वजनिक भैरहेका हुन्छन् ।
अहिले नायिकाद्धय दीपिका पादुकोण र कट्रिना कैफविच पनि यस्तै खालका समाचार सार्वजनिक भैरहेका छन् । हुनत, वी टाउनका यी दुई सुन्दरीको शितयुद्ध सुरु भएको भर्खरै होइन । नायक रणवीर कपुरका यी दुई पूर्व प्रेमिका एक अर्कालाई पहिलेदेखि नै बहिष्कार नीति अपनाउँदै आएका छन् ।
केहि दिन अगाडि मात्र, साहरुख खानले मुख्य भूमिका निर्वाहा गर्न लागेको नयाँ चलचित्रमा दीपिका भएको खण्डमा आफूले काम नगर्ने भन्दै कट्रिनाले अडान लिएको समाचार सार्वजनिक भएको थियो ।
हालै आयोजना भएको एक अवार्ड समारोहपछि राखिएको पार्टीमा पनि दीपिका र कट्रिनाले दुरी बनाएका छन् । दीपिका नायक साहरुख खानसँग मस्तीले नाच्दै गर्दा कैफ टाढा नै बसिन् । उनीहरुले एक अर्कालाई यसरि, टाढा राख्ने नीति लिएपछि बलिउडमा दुई नायिकाविचको दुश्मनी प्रष्ट भएको छ ।
प्रतिक्रिया 4