+
+
Shares

भारु प्रकरणः अर्थमन्त्री महराले भारतीय समकक्षी जेट्लीलाई गरे फोन

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १७:५६

Krishna Mahara (4)
२९ कात्तिक, काठमाडौं । अर्थमन्त्री कृष्णबहादुर महराले भारतका अर्थमन्त्री अरुण जेट्लीलाई फोन गरेर नेपालमा भएका ५०० र १००० भारु नोट साटिदिन आग्रह गरेका छन् ।

सरकारीस्तरबाट सो दरका भारु सटहीको व्यवस्था मिलाइदिन कुटनीतिक पहल भइरहेका बेला अर्थमन्त्री महराले समकक्षी जेटलीलाई सोमबार बिहान फोन गरेका हुन् ।

‘मन्त्रीज्यूले फोन गरेर समस्या समाधान गरिदिन आग्रह गर्नुभयो,’ मन्त्रीनिकट स्रोतले अनलाइनखबरसँग भन्यो, ‘फोन वार्तामा भारतीय अर्थमन्त्री जेट्लीले नोटमा प्रतिबन्धपछि उब्जेको समस्या समाधानका लागि भारत सरकार लागिरहेको बताउँदै समस्याको चाँडै निकास निकाल्ने आश्वासन दिनुभयो ।’

गत मंगलबार साँझ भारतीय प्रधानमन्त्री नरेन्ऽ मोदीले ५०० र १००० दरका पुराना भारु नोटमाथि प्रतिबन्ध लगाएको घोषणा गरेपछि त्यसले नेपालमा पनि ठूलो असर पारेको छ ।

राष्ट बैंकका अनुसार नेपालका बैंक तथा वित्तीय संस्था, मनि चेञ्जर र होटलहरुसँग साढे ३ करोडको हाराहारीमा ५०० र १००० दरका भारु नोट रहेको जनाएको छ ।

सर्वसाधरणसँगको भारु सटहीमा समस्या भएपछि सरकारी तहबाटै यसको समाधानको पहल थालिएको हो । पाल राष्ट्र बैंकले भारुको समस्या समाधानका लागि भारतीय रिजर्भ बैंकसँग कुरा गरिरहेका बेला यो समस्या समाधानका लागि अर्थमन्त्रीले भारतीय समकक्षीसँगै कुरा गरेका हुन् ।

नेपाली पक्षले भारतीय पक्षलाई पठाएको औपचारिक पत्र अहिले भारतको अर्थ मन्त्रालयमा पुगिसकेको छ । भारतको केन्दि्रय बैंक रिजर्भ बैंक अफ इण्डियाका गभर्नर उर्जित पटेलले राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जवी नेपालसँग सरकारी स्तरबाटै प्रयास थाल्न आग्रह गरेका थिए ।

सोमबार फेरि राष्ट्र बैंकका गभर्नर डा. नेपालले पनि भारतीय रिजर्भ बैंकका गभर्नर उर्जीत पटेलसँग फोन गरेर भारुको समस्या समाधानको उपायबारे कुराकानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?