+
+
Shares

महानगरका दुई इञ्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा दायर

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक २९ गते १८:५३

२९ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौं महानगरपालिकाका दुई इञ्जिनियरविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ ।

Kathmandu-Metropolition-Cityसरकारी सेवाको दुरुपयोग गरी अकुत सम्पत्ति कमाएको भन्दै वरिष्ठ इञ्जिनियर रामहरि फुयाँल र इञ्जिनियर गम्भिरलाल श्रेष्ठविरुद्ध सोमबार मुद्दा दायर भएको हो ।

इञ्जिनियरद्वय फुयाँल र श्रेष्ठको सम्पत्ति छानबिन गर्दा उनीहरुले आय आर्जन गरेको वैध आयको तुलनामा स्रोत नखुलेको सम्पत्ति भेटिएको आयोगले दाबी गरेको छ ।

आयोगका अनुसार श्रेष्ठका नाममा १ करोड २९ लाख रुपैयाँ स्रोत नखुलेको सम्पत्ति पाइएको छ भने फुयाँलका नाममा २ करोड ७३ लाख ९ हजार बराबरको स्रोत नखुलेको सम्पत्ति पाइएको हो ।

आयोगले बढी देखिन आएको रकम राज्यकोषमा फिर्ता गराई सोही बराबर विगो भराउन माग गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?