२९ कात्तिक, रसुवा । नेपाल र चीनबीचको उत्तरी नाकाअन्तर्गत चिनियाँ भू–भागमा केही समयका लागि सवारीसाधन आवतजावत अवरुद्ध हुने भएको छ ।
रसुवागढीको मितेरी पुल–केरुङबीचको ठोङ्सा आसपास क्षेत्रको भिरमा विस्फोटक पदार्थ प्रयोग गरी पहरो फुटाउन लागेकाले सडकमा गुड्ने सवारीसाधन मङ्गलबारदेखि चार दिनका लागि अवरुद्ध हुने चिनियाँ सुरक्षाकर्मीले जानकारी दिएको जिल्ला प्रहरी प्रमुख फणीन्द्र प्रसाईंले बताए ।
सडक मर्मत गरुञ्जेल नेपाल–चीनको सामान आयातनिर्यात ठप्प भई राजस्वसमेत प्रभावित हुने रसुवा भन्सार कार्यालय, टिमुरेले जनाएको छ । रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4