Comments Add Comment

भारतीय नोट प्रतिबन्धले निर्यात घट्यो

alaichi

३० कात्तिक, काठमाडौं । भारत सरकारले आफ्ना ठूला दरका नोटमा प्रतिबन्ध लगाएपछि नेपालको कृषिजन्य वस्तु निर्यातमा भारी गिरावट आएको छ ।

नेपालबाट चिया, अलैँची, अदुवा लगायतका कृषि उत्पादन ठूलो परिमाणमा भारत निर्यात हुँदै आएको थियो । नोटमा लागेको प्रतिबन्धसँगै निर्यात १० प्रतिशतमा सीमितभएको व्यापारीहरुले बताएका छन् ।

नेपाली उत्पादन खरिद गर्न भारतीय व्यपारीले पैसा जोहो गर्न नसकेका कारण नेपालबाट यस्ता वस्तुको निर्यात प्रायः ठप्प बनेको नेपाली व्यवसायीको भनाइ छ ।

कृषिजन्य उत्पादनमध्ये नेपालबाट धेरै निर्यात हुने भनेको अलैँची हो । नेपालले बार्षिक करीव ५ हजार मेटि्रकटन अलैँची निर्यात गर्छ ।

भारुका नोटमा लागेको प्रतिबन्धसँगै व्यवसायीहरु खरिदका लागि नआएकाले व्यपार नभएको उत्पादकहरुले बताएको आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment