Comments Add Comment

अमेरिकामा बस्दै आएकी महिला अधिकारकर्मी बिष्णुमाया लन्डनमा सम्मानित

bishnumaya-samman

अमेरिकाको न्युजर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकारकर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियारलाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले सम्मान गरेको छ ।

उनलाई नेपाली समाजमा रहेको छुवाछुत, भेदभाव, घरेलु हिंसा, महिला उत्थान र महिला सशक्तिकरण सम्बन्धी बिशेष भूमिका निर्वाह गरेकोमा संस्थाले सम्मान गरेको हो ।

परियारले आफ्नै पहलमा न्युजर्सीमा कारणको लागि महिला नामक संस्था स्थापना गरेकी छिन् । जसको माध्यमबाट महिला सशक्तीकरण तथा महिला सम्बन्धी थुप्रै बिषयमा वकालत गर्दै आइरहेकी छिन् ।

सृजनशील नेपाली समाज युकेले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महिला अधिकारकर्मी परियार प्रमुख अतिथिसमेत थिईन ।

प्रमुख अतिथिको साथै प्रमुख वक्ता समेत रहेकी परियारले आयोजक सृजनशील नेपाली समाज युके प्रति कृतज्ञता ज्ञापन गरेकी छिन् ।

प्रमुख अतिथि तथा मुख्य वक्ताको तर्फबाट उनले जीवनमा भोगेका दुख कष्ट र यो अवस्थासम्म आफुले गरेका संघर्ष सुनाउदा दर्शक निकै भाबुक बनेका थिए ।

यसका साथै परियारलाई गोर्खा समाज युके तथा सङ्गम समाज युकेले समेत सम्मान गरेको थियो ।

समाजसेवामा जीवन समर्पण गर्ने उद्देश्य बोकेर हिँडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १ सय बर्ष अगाडि स्थापना भएको ख्याती प्राप्त ‘पाइन् मानोर कलेज’ले मानार्थ बिद्यावारिधीद्वारा सम्मान गरेको थियो ।

परियारले सन् १९९६ मा स्थापना गरेको सामाजिक संस्था ‘एड्वन’मार्फत महिला सशक्तीकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुको उत्थानमा सहयोग गर्दै आएकी छिन् ।

उनले अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर्राष्ट्रिय बिकासमा स्नातकोतर गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment