३० कात्तिक, नवलपरासी। बाघको आक्रमणबाट नवलपरासीमा एक जनाको मृत्यु भएको छ ।
कावासोतीस्थित शिव सामुदायिक वनको रातमाटे जङ्गलमा घाँस काट्न गएका कावासोती– ११ बुढौलीकुना बस्ने ४५ वर्षीय डिलबहादुर श्रेष्ठको बाघको आक्रमणबाट मृत्यु भएको हो ।
जङ्गलमा घाँस काट्न भनी सोमबार बिहान घरबाट निस्केका श्रेष्ठ सोमबार राति जङ्गलमा मृत अवस्थामा फेला परेका थिए । श्रेष्ठको शव बाघको आक्रमणबाट क्षतविक्षत अवस्थामा फेला परेको थियो ।
रासस
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4