Comments Add Comment

९ दिनमा १२ लाख खर्चिएर खिचियो ‘लभ लभ लभ’को गीतको भिडियो

A007_C098_010159
नेपाली चलचित्रका मेकरहरु अहिले चलचित्रलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्दैनन् । अझ, केहि सफल चलचित्र दिएर मिडिया र दर्शकको नजरमा बसेका चलचित्रकर्मीका लागि त हरेक प्रोजेक्ट चुनौतीपूर्ण हुन्छ । निर्देशक दीपेन्द्र के खनालका लागि पनि हरेक प्रोजेक्ट उत्कृष्ट दिनुपर्ने चुनौती छ । उनले निर्देशन गरेको चलचित्र ‘लभ लभ लभ’ आउँदो बर्षको वैशाख १ गते रिलिज हुँदैछ ।

यो चलचित्रमा समावेश एक गीतको भिडियोलाई १२ लाख खर्च गरेर खिचिएको छ । ‘मागेर हो कि के हो’ बोलको गीतको भिडियो खिच्न यति रकम खर्च गरिएको निर्देशक खनालले बताए ।
A006_C023_0101TH A007_C035_0101MQकविराज गहतराजले कोरियोग्राफी गरेको यो गीतको भिडियोलाई गोसाँइकुण्डमा खिचिएको हो । नेपाली चलचित्रका लागि यो भर्जिन लोकेशन भएको निर्माणपक्षले बताएको छ ।

यो गीतमा चलचित्रका मुख्य कलाकार सुरज पाण्डे र स्वस्तिमा खड्कालाई फिचर गरिएको छ । चलचित्र ‘ड्रिम्स’मा समावेश गीत हेर्दा हेर्दै सुरजले सपनामा पुगेर यो गीत संझिएको चलचित्रमा देखाइनेछ ।

शर्मिला पाण्डेले निर्माण गरेको यो चलचित्रले एक सामान्य यूवाको कथा भन्नेछ । A006_C042_0101MT A006_C078_0101CY

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment