+
+
Shares

प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति अझै लुकाइयो

प्रधानमन्त्री कार्यालयका प्रवक्ता भन्छन्, 'प्रधानमन्त्रीले सार्वजनिक गर्न भन्नुभएको छैन'

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते ११:५३

 

prachanda

३० कात्तिक, काठमाडौ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदले प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न आलटाल गरेको छ ।

सरकार गठन भएको सय दिन वितिसक्दासमेत प्रधानमन्त्री र मन्त्रीहरुले आफ्नो सम्पत्ति सार्वजनिक गर्न आलटाल गरिरहेका छन् । प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीसहित मन्त्रीहरुले कार्यालयमा आफ्नो सम्पत्ति विवरण पेश गरेका छन् ।

यसअघिका मन्त्रिपरिषद बैठकले मन्त्री र प्रधानमन्त्रीहरुको सम्पत्ति विवरण प्रधानमन्त्री कार्यालयमा प्राप्त भएलगत्तै कार्यालयको वेभसाइटमार्फत सार्वजनिक गर्दै आएको थियो । तर प्रचण्ड नेतृत्वको सरकारले भने कुनैपनि मन्त्रीको सम्पत्ति विवरण सार्वजनिक गरेको छैन ।

प्रधानमन्त्री कार्यालयका प्रवक्ता दामोदर रेग्मीले भने, ‘सबै मन्त्रीज्यूहरुको सम्पत्ति विवरण आइसकेको छ । मन्त्रिपरिषदले विवरण सार्वजनिक गर्ने निर्णय गरेलगत्तै हामी सार्वजनिक गर्छौँ तर मन्त्रिपरिषदले निर्णय गरेको छैन ।’ यसअघि प्रवक्ता रेग्मीले कतिपय मन्त्रीको नियुत्त भएको ६० दिन नपुगेका कारण ढिला भएको जवाफ दिदै आएका थिए ।

कानुनतः कुनैपनि व्यक्तिले सार्वजनिक पद धारण गरेपछि ६० दिन भित्र आफ्नो र आफ्नो परिवारको नाममा रहेको सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्छ । र हरेक आर्थिक बर्षको अन्त्यमा पुनः सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने हुन्छ ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार प्रधानमन्त्रीको अनिच्छाकै कारण सम्पत्ति विवरण सार्वजनिक नभएको हो । अनलाइनखबरसँग कुरा गर्दै स्रोतले भन्यो, ‘प्रधानमन्त्रीज्यूले किन सम्पत्ति लुकाउन चाहनुभयो त्यो त थाहा भएन’

यसअघि गठन भएका हरेक सरकार गठन भएको १५ दिनभित्र प्रधानमन्त्रीसहित मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दै आएका थिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?