अहिले नायिका सुरविना कार्कीलाई चलचित्र छान्दा ब्यानर, कलाकार, आफ्नो भूमिका, कथावस्तु सबै हेर्नुपर्छ भन्ने लागेको छ । सुरुवातमा नजानेरै केहि कमजोर चलचित्र गरेकी उनलाई अब भने यो गल्ती दोहोर्याउनु हुँदैन भन्ने लाग्छ । यसैले, पनि केहि राम्रा ब्यानरका चलचित्र उनले कमजोर भूमिका कै कारण छाडेको बताइन् । ‘केहि चलचित्र त कथावस्तु पढेपछि नै छाडेकी छु, सुरविनाले भनिन् ।
‘बरु काम नै नगरि बस्छु, तर कमजोर भूमिका र अर्थहिन चलचित्र गर्दिन’, सुरविनाले भनिन् । अहिले नेपालमा एकपछि अर्का नयाँ नायिकाको आगमन भैरहेको छ । जसले केहि चलचित्रमा काम गरिसकेकी सुरविनालाई करिअर जोखिममा त छैन भन्ने लागेको छ ।
तर, राम्रो काम गरेको खण्डमा आफू अगाडि बढ्न सक्ने आत्मविश्वास उनमा छ । तर, चलचित्रमा सफल करिअर बनाउन अझै धेरै गर्न बाँकी रहेको उनको वुझाई छ ।
तस्बिरः कमल प्रसाई
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4