+
+
Shares

ल्यारक्याल लामाले पाए विशेष अदालतबाट सफाइ

अनलाइनखबर अनलाइनखबर
२०७३ कात्तिक ३० गते १७:१८

lyarkyal-lama

३० कात्तिक, काठमाडौं । अवैध हतियार राखेको र अकुत सम्पत्ती आर्जन गरेको आरोपमा मुद्दा खेपिरहेका माओवादीका निलम्बित सांसद ल्यारक्याल लामालाई विशेष अदालतले सफाइ दिएको छ ।

विशेष अदालतका अध्यक्ष मोहनरमण भट्टराई, न्यायाधीशहरु प्रभा बस्नेत र महेश प्रसाद पुडासैनीको संयुक्त इजलासले मंगलबार लामालाई सफाइ दिएको हो ।

अख्तियारले लामाको सम्पत्ती छानबिन गर्दा उनको लकरभित्र हतियार भेटिएको भन्दै प्रहरीको जिम्मा लगाएको थियो । जिल्ला प्रशासन कार्यालय काठमाडौंले धरौटीमा छाडेलगत्तै उनलाई पुनः पक्राउ गरी वैदेशिक रोजगारीमा गठी गरेको आरोपमा समेत मुद्दा चलाइएको थियो ।

विशेष अदालतले लामामाथि अख्तियारले लगाएको आरोप पुष्टि नभएको जनाएको छ । अख्तियारले ल्ह्यारक्याल लामाविरूद्ध साढे ९ करोडको भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

अदालतमा बयानको क्रममा लामाले अख्तियारले आफूमाथि रिसिइबी साँध्न गलत आरोप लगाइएको बताएका थिए ।

लामाको पक्षमा शम्भु थापा, कृष्णप्रसाद सापकोटा, चुडामणि पौडेल लगायतले बहस गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?