Comments Add Comment

चुरोट नछाडेसम्म साहरुख र सलमान आफूभन्दा पछि नै रहने अक्षयको दाबी

akshya-and-tunikal
बलिउडमा अक्षय कुमारलाई शालिन नायकको रुपमा चिनिन्छ । मदिरा नपिउने, पार्टीमा नजाने, राती चाडै सुत्ने, बिहान चाडै उठ्ने नायक हुन् अक्षय कुमार । उनै अक्षयले बलिउडका ३ खानमाथि गम्भिर आरोप लगाएका छन् ।

निर्माता तथा निर्देशक करण जोहरको टक शो ‘कफि विथ करण’मा पुगेका अक्षयले बलिउडमा आफू भन्दा ३ खान पछि नै रहेको बताए । उनले भने-‘यदि, चुरोट पिउन छाडे भने साहरुख, सलमान र आमिर म भन्दा अगाडि जान सक्छन् । उनीहरुको करिअर मेरो तुलनामा राम्रो हुनसक्छ । यस्तो गरेनन् भने उनीहरु भन्दा म नै अब्बल रहनेछु ।’

साहरुख, सलमान र आमिर मध्ये कसको स्टारडम अगाडि जान सक्ला भन्ने प्रश्नमा अक्षयले यस्तो जवाफ दिएका हुन् । बलिउडका चर्चित नायक साहरुख खान अत्याधिक चुरोट पिउँछन् । उनले एक कुराकानीमा आफूले दिनमा १०० वटा सम्म चुरोट पिउने बताएका थिए ।

तर, अहिले परिवारको दबाबका कारण साहरुखले कम चुरोट पिउन थालेका छन् । उक्त शोमा अक्षयकी पत्नी ट्विंकल खन्ना पनि उपस्थित थिइन् । उनले अक्षय अनुशासनमा बस्ने बताइन् । कुनै पार्टीमा जानु अगाडि सिंगो परिवारले नै हजार पटक सोच्ने ट्विंकलको भनाई छ ।

तर, आफू र अक्षय राती तास खेल्ने ट्विंकलको भनाई थियो । उनले दुई जनाविच ४ लाखसम्मको बाजी परेको पनि बताइन् । १५ दिन चलेको अफेयरपछि बिहे भएको भन्दै ट्विंकलले १५ बर्ष पुरानो सम्बन्ध राम्रोसँग चलेको सुनाइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment