Comments Add Comment

सुष्मा कार्कीको ‘आजको डायरी’: बिहान-बेलुकी पूजापाठ, दिनभर सपिङ

Susma-karki-1
बिहान सधै जस्तै म ६ बजे उठेँ । बिहान उठेर फ्रेस हुने वित्तिकै म कृष्णलिला पढ्ने गर्छु । म विगत ८ बर्षदेखि बिहान बेलुकी पूजापाठ गर्छु । घरमा ममी अहिले नहुनु भएकाले पनि खाना, खाजा आफै बनाउनुपर्छ । फेरि, भाई आएकाले पनि बिहानको खाजा र खान बनाएँ । खाना पकाउने, भाडा माँझ्ने काम सकेर फ्रेस भए ।

यसपछि गाडी धोएर म घरका लागि सपिङ गर्न बाहिर निस्किएँ । आज घरका लागि आवश्यक सामाग्री किन्नु थियो, दिनभर जसो सपिङमा नै दिन वित्यो । कुपन्डोलमा आज धेरै नै घरयासी सपिङ गरेँ ।

सामान किनेर केहि समय अर्को एउटा काम थियो, त्यो सकेँ । यसपछि भाटभटेनी पुगेर तरकारी किनेँ । साग, केराउ लगायतका विभिन्न तरकारी किनेर घर पुगेँ ।
घर पुगेर बत्ती बालेँ । म हरेक दिन बेलुकी बत्ती बाल्छु । म सबै भगवानलाई उत्तिकै मान्छु । घरमा आएपछि अहिले खाना बनाइरहेकी छु । खाना खाएपछि बेलुकी म समाचार पढ्ने, इन्स्ट्राग्राम हेर्ने गर्छु ।

सामाजिक संजालमा पनि केहि अपडेट त हुनै पर्‍यो नी होइन र ? मेरो आजको दिन एकदमै राम्रोसँग वितेको छ । म हरेक दिनलाई नै सकारात्मक रुपमा हेर्ने गर्छु । हरेक प्रहरलाई सकारात्मक रुपमा हेर्न सके मानिस खुशी पनि हुन्छ जस्तो लाग्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment