Comments Add Comment

न्यूयोर्कका मेयरले दिए ट्रम्पलाई चेतावनी

blajiyo-usa२ मंसिर, काठमाडौं । न्यूयोर्कका मेयर बिल डे ब्लाजीयोले नवनिर्वाचित अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भेटेर भनेका छन् कि उनको शासनकालमा के हुने हो भनेर शहरबासी त्रसित छन् ।

ट्रम्प टाबरमा भएको भेटका क्रममा न्यूयोर्कका मेयर ब्लाजीयोले रिपब्लिकन ट्रम्पको देश निकाला योजनामा आफू गैरकानुनी आप्रवासीहरुको रक्षक बन्न सक्ने चेतावनी समेत दिएका छन् । ‘अाप्रवासीहरुले असाध्यै रुचाएको शहर’ मा ट्रम्पको योजनाले काम नगर्ने उनको दाबी छ ।

राष्ट्रपति चुनावको प्रचार अभियानकै क्रममा नै ट्रम्पले अमेरिकामा गैरकानुनी रुपमा बस्दै आएका एक करोड आप्रवासीलाई देश निकाला गर्नु पर्ने बताएका थिए । राष्ट्रपतिमा निवार्चित भएपछि पनि उनले आपराधिक पृष्ठभूमिका ३० लाख गैरकानुनी आप्रवासीलाई देशबाट निकाल्ने बताएका छन् ।

गैरकानुनी आप्रवासीबारे फरक फरक तथ्यांक आएको छ । द माइग्रेसन पोलिसी इन्स्टिच्युटका अनुसार अपराधिक रेकर्ड भएका करिव ८ लाख २० हजार गैरकानुनी आप्रवासी छन् ।

ब्लाजीयो अमेरिकी राष्ट्रपति ट्रम्पको अप्रवासन नीतिको विरोध गर्ने एक्ला राजनीतिज्ञ भने होइनन् । लस एन्जलस, सान फ्रान्सिस्को, सिकागो, बोस्टर्न, वाशिङटन डीसी र फिलाडेल्फियाका मेयरले पनि आफ्नो शहरमा बसिरहेका आप्रवासीहरुको रक्षा गर्ने मथ राख्छन् ।

न्यूयोर्कका मेयर बिल डे ब्लाजीयोले आप्रवासीहरुलाई देश निकाला गर्दा आउने खतराबारे पनि ट्रम्पलाई बताएका छन् । भेटपछि उनले भनेका छन्, राष्ट्रपति र उनको समूहलाई बाहिर व्यक्त भइरहेको गहिरा चिन्ता र असुरक्षाबारे जानकारी दिनु जरुरी थियो, किनभने गलत सन्देशले घृषा निम्त्याउने गतिविधिलाई प्रत्साहन गर्न सक्छ र मैले एकताको सन्देश दिनु पर्नेमा जोड दिएँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment