Comments Add Comment

अनौठो बजार, जहाँ दुलही किन्न पाइन्छ

bride-marketआमरुपमा हामी बजारमा आफ्ना आवश्यकताका उपभोग्य सरसामान खरीद गर्न जान्छौँ । तर यो दुनियामा एउटा यस्तो बजार पनि छ जहाँ सरसामानको होइन खुद दुलहीको खरीद बिक्रि हुन्छ ।

बेहुली खरीद बिक्रि हुने बजार भन्ने कुरा सुन्ने बित्तिकै कुनै मध्ययूगीन दास समाजमा दासदासीको खरीद बिक्रि हुने कथा सम्झिन पुगिन्छ । तर यो आधुनिक युगमा पनि बुल्गेरियामा यस्तै बेहुली किन्न पाइने बजार छ ।

बुल्गेरियाको स्टारा जागोरा नामक सहरमा वर्षमा ४ पटक युवतीहरुको मेला लाग्दछ । मेलामा बिहे गर्ने उमेर पुगेका एक से एक युवतीहरुलाई सजाएर राखिएको हुन्छ । पुरुषहरु मेलामा आएर आफ्नो मनपर्ने युवती छान्न सक्छन् र तोकिएअनुसारको मूल्य तिरेर आफ्नी दुलही बनाएर लैजान सक्दछन् ।

वास्तवमा छोरीको बिहेको लागि खर्च गर्नसक्ने हैसियतमा नभएको गरीब परिवारहरुका लागि यस्तो बेहुली मेलाको आयोजना गर्ने गरिएको हो ।

महिलाहरुलाई बेहुलीको पोषाकमा सजाएर मेलामा ल्याइएको हुन्छ । त्यहाँ बिक्रि हुने बेहुलीहरुमा हरेक उमेर समूहका महिलाहरु हुन्छन्, किशोरीदेखि प्रौढसम्म । दुलही किन्नका लागि केटासँगै उसको परिवारका सदस्य पनि आएको हुन्छ ।

बजारमा राखिएका खसीबोका राम्रोसँग हेरेर खरीद गरिएझैँ केटा र उसका परिवारले त्यहाँ राखिएका युवतीहरुलाई राम्रोसँग हेर्छन् अनि मन परेकी युवतीसँग कुराकानी पनि गर्न पाउँछन् । कुराकानीमा कुरा मिलेसँगै आफ्नो परिवारको स्विकृतिमा केटाले युवतीलाई आफ्नो पत्नी स्विकार्छ अनि तय गरिएको रकम केटीका परिवारलाई दिएर बेहुली लिएर जान्छ ।

बुल्गेरियाको गरीब समुदायले कैयन् पुस्तादेखि चलाउँदै आएको यो दुलही किन्ने परम्परा गैरकानूनी जस्तो देखिएपनि यसमा सरकारले कानूनी रोक लगाएको छैन ।

वास्तवमा गरीब परिवारले आफ्नी छोरीको बिहेमा खर्च गर्ने तथा बेहुलालाई दाइजो दिने हैसियत राख्दैनन् । त्यसैले यो मेलामा उल्टै केटा पक्षले केटी पक्षलाई तोकिएको रकम प्रदान गर्नुपर्छ । साधारण रुपमा हेर्दा यो बाउआमाले छोरी बेचेजस्तो पनि देखिन्छ ।

बुल्गेरियाको कलाइदझी समुदायमा मात्रै यस्तो प्रचलन रहेको छ । दुलही बेच्ने र किन्ने दुबै यहीँ समुदायका व्यक्ति हुन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment