Comments Add Comment

‘पुरानो पुस्ता’को ४ वटा सिक्वेल बन्ने

purano pusta news
एक सय बर्ष पुरानो कथामा तयार भएको चलचित्र ‘पुरानो पुस्ता’ भोली शुक्रबारबाट देशभर रिलिज हुँदैछ । यो चलचित्रलाई दीप सागरले निर्देशन गरेका हुन् । निर्देशक सागरले काठमाण्डौमा आयोजना भएको एक कार्यक्रममा भने-‘चलचित्रले मौलिक कथा उठाएको छ ।

आजको पुस्तालाई आफ्नो पुस्ताले कसरि जीवन चलाउन संघर्ष गरे भन्ने कथा यसमा देखाइएको छ ।’ निर्देशक सागरले यो चलचित्र चलेपनि नचलेपनि ४ सिक्वेलसम्म बन्ने दाबी गरे । बाँकी ३ सिक्वेलले दशकको अन्तरमा एकै परिवारको रहनसहनको परिवर्तन देखाउने छ ।

रोल्पा, प्यूठानमा छायांकन गरिएको चलचित्रमा शेरवहादुर गुरुङ, विराज विष्ट, अनिश मगर, देव नेपाल, श्रृष्टी लगायतका कलाकारको अभिनय छ । सावित्री ओली कार्यकारी निर्माता रहेको यो चलचित्रमा सञ्जिव पौडेलको लेखन र दीप सागरकै छायांकन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment