Comments Add Comment

करेन्ट लागेर एकको मृत्यु

३ मंसिर । सप्तरीमा करेन्ट लागेर गम्भीर घाइते भएका एक व्यक्तिको बिहिबार उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ ।

man-found-dead-at-late-congress-ministerमृत्यु हुनेमा सप्तरीको मलेकपुर–२ निवासी ३० वर्षीय घुरन सदा रहेको प्रहरीले जनाएको छ ।

सदालाई बुधबार राति आफ्नै घरनजिक रहेको विद्युत् पोलमा विद्युत चोरीको हुकिङ लगाउने क्रममा करेन्ट लागेको थियो ।

घाइते उनको राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा उपचारका लागि भर्ना गरेपनि उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment