+
+
Shares

सुष्मा स्वराजलाई मृगौला दान गर्ने होडबाजी !

एजेन्सीको सहयोगमा एजेन्सीको सहयोगमा
२०७३ मंसिर ३ गते १८:०३

sushma-swaraj-kidney-failure
नयाँदिल्ली । नेपालमा कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको चर्चा चलिरहेका बेला भारतमा पनि एक नेतृको रोगबारे सामाजिक सञ्जालमा चर्चा छ, तर नितान्त फरक तरिकाले ।

प्रशंग हो-भारतीय विदेशमन्त्री सुष्मा स्वराजको किडनी ट्रान्सप्लान्ट अर्थात मृगौला प्रत्यारोपणको । मृगौलामा समस्या देखिएपछि बुधबार अस्पतालमा भर्ना भएकी विदेश मन्त्री सुष्मालाई सामाजिक सञ्जालमा प्रतिक्रिया दिँदै केही भारतीय नागरिकले आफ्नो मृगौला दान दिन इच्छुक रहेको बताएका छन् ।

विदेशमन्त्री सुष्माले बुधबार ट्वीट गरेर आफू उपचारका लागि एम्समा भर्ना भएको जनाएकी थिइन् । आफूलाई किडनी दान दिने प्रस्तावहरु आएको बताउँदै सुष्माले लेखिन्-‘केही मित्रले मेरो ट्रान्सप्लान्टका लागि आफ्नो किड्नी दिने प्रस्ताव गरेका छन् । उनीप्रति कृतज्ञता प्रकट गर्नका लागि मसँग शब्द छैन ।’

उनले लेखेकी छिन्- तपाईहरुको प्रार्थना एवं कृष्णको आशिर्वादले म यो स्थितिबाट निक्लेर आउने छु ।’

यसैवीच सुष्मालाई किडनी दिन तयार रहेका उत्तर प्रदेशको सीतापुरका भारतेन्दु शुक्लाले भने- ‘मैले मानवताको नाताले सुष्माजीलाई किडनी दिने मन बनाएको हुँ, यसबाहेक अन्य कुनै कारण छैन ।’

एउटा नर्सरीमा काम गर्ने ३१ वर्षीय शुक्लले भने कि अहिलेसम्म उनलाई कुनै टेलिफोन आएको छैन, यदि प्रस्ताव आयो भने उनी विदेशमन्त्री सुष्मालाई किडनी दिन तयार छन् ।

त्यसैगरी जम्मुका २४ वर्षीय खेमराज शर्माले पनि मन्त्री सुष्मालाई किडनी दिन तयार रहेको बताएका छन् । उनले भनेका छन्- सुष्माले विदेशमा फसेका धेरै भारतीयहरुको उद्धार गरेकी छिन् । उनले आइतबार पनि आफ्नो मन्त्रालय खोल्छिन् ।

यसैगरी निखिल दधिचले पनि ट्वीटमा लेखेका छन्-‘यदि तपाई चाहनुहुन्छ भने म आफ्नो किडनी दिन तयार छु । देशलाई तपाईको सेवा जरुरी छ ।’

त्यस्तै अर्का भारतीय नागरिक नवीन तिवारीको प्रश्न छ, ‘सुष्माजी, के म तपाईलाई किडनी दिन सक्छु ? … देशलाई तपाईको खाँचो छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?